भद्रपुर । जुनियर रेडक्रस सर्कलका पदाधिकारीहरुको एकदिने क्षमता अभिवृद्धि सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजनामा शुक्रवार अभिमुखिकरण सम्पन्न भएको हो । ने.रे.सो. भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा भद्रपुर क्षेत्रका ६ वटा विद्यालयका जुनियर रेडक्रस सर्कलका पदाधिकारी सदस्य तथा शिक्षक नायकहरुको सहभागिता थियो ।
अभिमुखिकरणमा रेडक्रस अभियानमा जुनियर रेडक्रसको भुमिका विषयमा ने.रे.सो. झापाका सदस्य तथा जुनियर युवा समितिका संयोजक विश्व थापाले र विपद् व्यवस्थापनका विषयमा रेडक्रस झापाका शाखा प्रमुख केदार महतले सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा ५४ जनाको सहभागिता रहेको थियो ।
Facebook Comments Box