काठमाण्डौं । दुई देशको पर्यटन प्रवद्र्धनका लागि सघाउन नेपाल र भारतका पत्रकार एक ठाउँ उभिएका छन् ।
इलाममा भएको दुई देशका पर्यटन पत्रकारहरुको भेलाले इन्डो–नेपाल टुरिज्म जर्नालिस्ट एसोसिएसन गठन भएको छ ।
एसोसिएसनको तदर्थ समितिको संयोजकमा सिक्किम एक्सप्रेसका प्रशान्त आचार्य र उपसंयोजकमा कान्तिपुर दैनिकका शेखर अधिकारी चुनिएका छन् ।
सदस्यहरुमा नेपालका तर्फबाट रामेश्वर कार्की, विद्रोही गिरी, सोम शर्मा बजगाईं, हरिशरण न्यौपाने र हिमाल दाहाल छन् भने भारतको तर्फबाट अजय राय, आनन्द बनर्जी, मधेव घोष, जयश्री भट्टाचार्य, नेताई मालाकार, प्रलय बानिक, प्रशुन बानिक र पोषणदेव मल्लिक रहेका छन् ।
Facebook Comments Box