झापा ।
लक्ष्मीपुर महिला समूहको आयोजना र शनिअर्जुन नगरपालिकाको आर्थिक सहयोगमा उन्नत र ब्यवस्थित पशुपालन सम्बन्धी दुईदिने तालिम आज (शुक्रबार)बाट शनिअर्जुन वडा नम्बर ५ मा सुरु भएको छ ।
महिला समुहका अध्यक्ष कल्पना राईको सभापतित्व र नगरपालिकाका सहायक इन्जिनियर प्रदिप पुरीको प्रमुख आतित्थ्यतामा भएको सो तालिम उद्घाटनका क्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति कृष्ण हुमागाईँ, श्याम अधिकारी लगायतका वक्ताहरुले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
पशुसेवा बिभागका पूर्व महानिर्देशक डाक्टर प्रल्हाद सापकोटा, जिल्ला पशुसेवा कार्यालय झापाका पूर्व प्रमुख दिलिप सापकोटा र शनिश्चरे पशुसेवा कार्यालयका अधिकृत पदम राईले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सहभागी पशुपालक महिलाहरुले पशुमा हुने बा“झोपना, थुनेलो,अपाड्डता, नाम्ले रोग, घाँस, दाना, गोठ ब्यवस्थापन लगायतका बिषयमा बिभिन्न जिज्ञासा राखेका थिए ।
महिला समुहका उपाध्यक्ष निर्मला अधिकारीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सीता बस्नेतले गर्नुभएको थियो ।