काठमाण्डाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको जारी हुने एफपीओको सेयर मूल्य विवादास्पद बनेको छ।
निर्धारण हुन नसकेको मूल्य सार्वजनिक गरेर कम्पनीले समग्र लगानीकर्ताहरुलाई झुक्याएको भन्दै कारोबार रोकेर छानविन गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ।
निर्देशनसँगै आइतबार सो कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ।
यसअघि हिजो मात्रै नेप्सेको वेबसाइटमा कम्पनीले एफपीओ सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम रकम थपेर निस्कासन हुने निर्णय भएको सार्वजनिक गरेको थियो।
Facebook Comments Box