Author: admin
झापा । बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने भएको छ । युरोपियन युनियनमा रहने वा नरहने भन्नेबारे भएको जनमत संग्रहमा नरहने पक्षले बढी मत ल्याएपछि बेलायत इयुबाट बाहिरिने भएको हो । जनमत संग्रहमा युरोपियन युनियनबाट बाहिरिनुपर्ने पक्षले ५२ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८ प्रतिशत मात्र मत पाएको विविसीले जनाएको छ । लण्डन, स्कटलण्ड र नर्दन आयरल्याण्डले इयुमा नै रहने पक्षमा बलियो समर्थन गरेपनि उत्तरी बेलायतमा इयुमा नरहनुपर्ने पक्ष बलियो देखिएको विविसीले जनाएको छ । यस्तै वेल्स र मिडल्याण्डका धेरैजसोले पनि बेलायत इयुबाट हट्पर्ने पक्षमा मत दिएका छन् । बेलायतमा ४३ वर्षपछि ऐतिहासिक जनमत संग्रह भएको…
एजेन्सी । शक्तिशाली तुफानका कारण चीनमा ९८ जनाको ज्यान गएको छ । झण्डै आठ सय जना घाइते भएका छन् । दुई सय जना भन्दा धेरैको अवस्था गम्भीर छ । र्वी चीनको जियाङग्सु प्रान्त तुफानका कारण धेरै प्रभावित भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । जियाङग्सु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएको छ । ठूलो वर्षा भइरहेकाले उद्दार कार्यमा कठिनाई भएको छ । उद्दारटोलीले प्रभावितहरुका लागि खानेकुरा पुर्याउने काम भइरहको बताएका छन् । चिनियाँ सरकारले राष्ट्रिय संकटकालको घोषणा समेत गरेको छ । यस्तै राजधानी बेइजिङबाट टेन्ट तथा अरु आपत्तकालिन सामग्री ढुवानी भएको छ । चीनको धेरैजसो भू भागमा यो हप्ता मुसलाधारे…
काठमाडौं, १० असार । चर्चित म्यासेजिङ एप्स भाइबरले नेपालमा लगानी गर्ने घोषणा गरेको छ । च्याट तथा भिडियो फोनका लागि प्रसिद्ध भाइबरले सेवा विस्तार तथा व्यवसायिक उपस्थिति बलियो बनाउनको लागि लगानीको योजना बनाएको हो । भारइबरको दक्षिण एसिया क्षेत्रीय प्रमुख अनुभव नैयरले नेपालमा बाइबरको प्रयोगकर्ता बढ्दै गएको सन्दर्भमा नयाँ सुविधा उपलब्ध गराउन यस्तो योजना बनाइएको बताए । यद्यपी उसले कति रकम लगानी गर्न लागेको हो भन्नेबारे भने केहि खुलाइएको छैन । नेपालमा हाल भाइबारको करीब ४५ लाख सक्रिय प्रयोगकर्ता रहेका छन् । ससैबीच लगानीका लागि भाइबर स्थानीय साझेदारको पनि खोजीमा रहेको बताइएको छ । उपयुक्त साझेदारमार्फत नेपालमा उपस्थिति बढाउने रणनीतिमा…
डोटी, १० असार । डोटीमा रहेको दीपायल सिलगढी नगरपालिकामा ५० प्रतिशत शौचालय बनेपछि खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । जिल्लामा रहेका ५० गाविस खुला दिसामुक्त (ओडिएफ) घोषणा भएको वर्षौंपछि दीपायल सिलगढी नपा खुला दिसामुक्त घोषणा गरिएको हो । नगरपालिकाका कारण जिल्ला नै खुला दिसामुक्त घोषणा हुन चुकेको भन्ने चौतर्फी दबाबपछि नगरपालिकाले यो कदम चालेको नगरपालिकाका कार्यकारी अधिकृत राजबहादुर शाहीले बताउनुभयो । एकसय पाँँचौँ नगरपालिका वर्ष मनाइरहेका बेला डोटीको दीपायल–सिलगढी नगरपालिका बुधबार खुला दिसामुक्त घोषणा भएपछि नगरवासीले खुुसियाली मनाएका छन् । जम्मा ७३.७९ वर्ग किलोमिटर क्षेत्रफल भएको नगरपालिकामा पाँच हजार ४९३ घरधुरी रहेका छन् । २३ हजार ४१६ जनसङ्ख्या रहेको…
काठमाण्डाैं । पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’मा रहेको छ। डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फलरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् । फनरुट्समा उनी स्पोर्टसको विद्याथीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् । गौचनले…
गाेरखा । नेपालमा पहिलो पटक ढुङ्गा खोपेर बनाइने पुल अर्थात ‘क्यान्टिलिभर’ पुलको निर्माण सम्पन्न भएको छ। गोरखा जिल्लाको केरौजा गाविसको यारु बगरमा निर्माण भएको यो पुल १ सय ९५ मिटर लामो रहेको छ। गत वैशाख दुई गतेदेखि निर्माण कार्य सुरु गरी जेठ २ मा यसको निर्माण सम्मपन्न गरिएको छ। यो अहिले सञ्चालनमा आईसकेको छ। यो पुलमा मानिसका साथै घोडा तथा खच्चर समेत हिँड्न मिल्दछ। चट्टान रहेको उक्त भागमा गोरेटो बाटो निर्माण गर्न समेत अत्यन्त कठिन थियो। मानिस तथा मालसामान बोकेका घोडाहरु आवतजावत गर्ने उद्देश्यले निर्माण भएको यो पुलमा अहिले मानिसहरुको आवतजावत समेत बढेको छ। अन्र्तराष्ट्रिय संस्था…
एजेन्सी । चीनको पूर्वी भेगस्थित, जीयांग्सु प्रान्तमा आएको ठूलो आँधीबेहरी र असीना सहितको घनघोर वर्षाका कारण पचासजना भन्दा बढीको मृत्यु भएको चीनको सरकारी समाचार माध्यमले जनाएको छ। उक्त प्रान्तको यानचेंग शहरका घरहरु नष्ट भएका र दर्जनौं मानिसहरु घाइते भएका पनि सो समाचार माध्यमले जनाएको छ। सामाजिक संजालहरुमा राखिएका भिडियोहरुमा आँधीबेहरीका कारण कुइरीमण्डल धुलो उडेको, रुखहरु ढलेका र घरहरु भत्किएका देख्न सकिन्छ। पूर्वी चीनको जीयांग्सु प्रान्तमा ठूलै क्षति भएको अनुमान गरिएको छ। विनाश पीडित र स्थानीय समाचार माध्यमहरुले खिचेका भिडियोहरुमा, घाइते बालबालिकालाई मोपेडको पछाडि राखेर उपचारका लागि लगिँदै गरेका दृश्यहरु पनि छन्। केहि अरु भिडियोमा, उद्धारकर्मीहरुले भग्नावशेषमा पुरिएकाहरुलाई खनेर निकालिंदै…
एजेज्सी । चीनको जुलियनमा बस्ने ५४ वर्षिया कोङ यान कठोर र अनौठो शारीरिक ब्यायाम गर्ने व्यक्तिका रुपमा चिनिन्छन्। आफ्नो टाउकोमा ४० किलोको ढुङ्गा राखेर सन्तुलित ढंगले उनी दैनिक हिंड्छन्। चीनको सीसीटीभी मिडियाका अनुसार उनलाई स्थानीयले दैनिक रूपले आफ्नो टाउकामा ढुङ्गा बोकेर हिंडेको देख्छन्। आफू ४ वर्षदेखि दैनिक रुपले यस्तो कसरत गरिरहेको पत्रकारलाई बताएका छन्। कठोर परिश्रम गर्नु उनको रहर मात्र होइन, बाध्यता जस्तै पनि हो। आफू ११५ किलो पुगेपछि शरीरको तौल घटाउन उनले त्यस्तो ब्यायाम सुरू गरेका हुन्। १.६३ मिटर अग्ला व्यक्ति ११५ किलो पुग्नु अस्वस्थ्य मानिन्छ। ‘शुरूका दिनमा मैले यस्तो ब्यायामले शरीरको वजनमा कस्तो असर पर्ला भनेर जान्न चाहन्थे,’…
काठमाण्डौं । सरकारले अफगानिस्तानसहितका चार देशमा वैदेशिक रोजगारीमा जान प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तान, इराक, सिरिया र लिबियाका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो । बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले विभिन्न पदमा नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति उपर उजुरी दिन शुक्रबारदेखि सार्वजनिक सूचना जारी गर्ने भएको छ । सुनुवाई समितिको बिहीबार बसेको बैठकले सिफारिसमा परेका व्यक्तिहरुबारे उजुरी दिन भोलि शुक्रबारदेखि १० दिने सूचना निकाल्ने निर्णय गरेको हो । समितिले एकै पटक प्रधानन्यायाधीशमा सिफारिस सुशीला कार्की, सर्वोच्चका लागि सिफारिस अरु ११ जना न्यायाधीश र २२ देशका लागि सिफारिस राजदूतबारे जनगुनासो लिखित रुपमा दिन आह्वान गर्ने निर्णय गरेको समितिका सदस्य एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । यस्तै समितिले सुनुवाईको कार्यविधि पारित गरेको छ । पारित कार्यविधिमा बेनामे उजुरी दिन नपाइने, लिखित रुपमा दिनुपर्ने, संसद…