एजेज्सी । चीनको जुलियनमा बस्ने ५४ वर्षिया कोङ यान कठोर र अनौठो शारीरिक ब्यायाम गर्ने व्यक्तिका रुपमा चिनिन्छन्। आफ्नो टाउकोमा ४० किलोको ढुङ्गा राखेर सन्तुलित ढंगले उनी दैनिक हिंड्छन्।
चीनको सीसीटीभी मिडियाका अनुसार उनलाई स्थानीयले दैनिक रूपले आफ्नो टाउकामा ढुङ्गा बोकेर हिंडेको देख्छन्। आफू ४ वर्षदेखि दैनिक रुपले यस्तो कसरत गरिरहेको पत्रकारलाई बताएका छन्।
कठोर परिश्रम गर्नु उनको रहर मात्र होइन, बाध्यता जस्तै पनि हो। आफू ११५ किलो पुगेपछि शरीरको तौल घटाउन उनले त्यस्तो ब्यायाम सुरू गरेका हुन्। १.६३ मिटर अग्ला व्यक्ति ११५ किलो पुग्नु अस्वस्थ्य मानिन्छ।
‘शुरूका दिनमा मैले यस्तो ब्यायामले शरीरको वजनमा कस्तो असर पर्ला भनेर जान्न चाहन्थे,’ कोंङ भन्छन्, ‘किनकि औषधि खानुभन्दा त्यसो गर्नु बढी स्वास्थ्य हुन्थ्यो। र, यसले काम गर्यो।’
ओजन बढेपछि आफ्नो पुरानो जीवनशैलीलाई त्यागेर नयाँ स्वास्थ्य जीवनशैली अपनाउन प्रतिवद्ध कोंङले १५ किलोको ढुङ्गा बोकेर दैनिक हिंड्न शुरू गरे। त्यसपछि विस्तारै ढुङ्गाको तौल बढाएर ४० किलो पुर्याए।
त्यस्तो ब्यायाम शुरु गरेको पहिलो वर्ष उनी १.५ किलोमिटर हिँडेर ३० किलो वजन घटाउन सफल भए।
अहिले उनी ३ किलोमिटर सम्म हिंड्छन् र टाउकोमा ढुङ्गा बोकेर नै दौड र बक्सिङका कलाका अभ्यास पनि गर्न थालेका छन्।
आफूले जे गरिरहेका छन् त्यसबाट आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा रहने उनले आशा गरेका छन्।


तस्वीरः news.qq.com/