काठमाण्डौं । सरकारले अफगानिस्तानसहितका चार देशमा वैदेशिक रोजगारीमा जान प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तान, इराक, सिरिया र लिबियाका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
Facebook Comments Box