काठमाडौं, १० असार । चर्चित म्यासेजिङ एप्स भाइबरले नेपालमा लगानी गर्ने घोषणा गरेको छ ।
च्याट तथा भिडियो फोनका लागि प्रसिद्ध भाइबरले सेवा विस्तार तथा व्यवसायिक उपस्थिति बलियो बनाउनको लागि लगानीको योजना बनाएको हो ।
भारइबरको दक्षिण एसिया क्षेत्रीय प्रमुख अनुभव नैयरले नेपालमा बाइबरको प्रयोगकर्ता बढ्दै गएको सन्दर्भमा नयाँ सुविधा उपलब्ध गराउन यस्तो योजना बनाइएको बताए ।
यद्यपी उसले कति रकम लगानी गर्न लागेको हो भन्नेबारे भने केहि खुलाइएको छैन । नेपालमा हाल भाइबारको करीब ४५ लाख सक्रिय प्रयोगकर्ता रहेका छन् ।
ससैबीच लगानीका लागि भाइबर स्थानीय साझेदारको पनि खोजीमा रहेको बताइएको छ । उपयुक्त साझेदारमार्फत नेपालमा उपस्थिति बढाउने रणनीतिमा भाइबर रहेको छ ।
पछिल्लो समय भाइबरले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै नेपाली भाषामै स्टिकर उपलब्ध गराउँदै आएको छ ।
Facebook Comments Box