झापा । बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने भएको छ । युरोपियन युनियनमा रहने वा नरहने भन्नेबारे भएको जनमत संग्रहमा नरहने पक्षले बढी मत ल्याएपछि बेलायत इयुबाट बाहिरिने भएको हो ।
जनमत संग्रहमा युरोपियन युनियनबाट बाहिरिनुपर्ने पक्षले ५२ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८ प्रतिशत मात्र मत पाएको विविसीले जनाएको छ । लण्डन, स्कटलण्ड र नर्दन आयरल्याण्डले इयुमा नै रहने पक्षमा बलियो समर्थन गरेपनि उत्तरी बेलायतमा इयुमा नरहनुपर्ने पक्ष बलियो देखिएको विविसीले जनाएको छ ।
यस्तै वेल्स र मिडल्याण्डका धेरैजसोले पनि बेलायत इयुबाट हट्पर्ने पक्षमा मत दिएका छन् । बेलायतमा ४३ वर्षपछि ऐतिहासिक जनमत संग्रह भएको हो । जनमत संग्रहमा मतादाताको उपस्थिति अघिल्लो वर्षको आम चुनावमा भन्दा बढी रहेको खबरमा उल्लेख छ । मतपरिणामबारे प्रतिक्रिया आउन थालेपछि पाउन्डको मूल्य डलरको तुलनामा सन् १९८५ यताकै तल्लो बिन्दुमा खसेको विविसीले जनाएको छ ।
इयुबाट बेलायत बाहिरिने भएपछि त्यसको प्रभाव शेयर बजारमा परेको छ । नरहने पक्ष बलियो देखिएपछि पाउण्डमा ३१ वर्ष यताकै गिरावट आएको छ । जनमत संग्रहको नतिजाले जापान, सिंगापुर, चीन, ताइवान, दक्षिण कोरियाको शेयर बजारमा गिरावट आएको छ ।