गाेरखा ।
नेपालमा पहिलो पटक ढुङ्गा खोपेर बनाइने पुल अर्थात ‘क्यान्टिलिभर’ पुलको निर्माण सम्पन्न भएको छ।
गोरखा जिल्लाको केरौजा गाविसको यारु बगरमा निर्माण भएको यो पुल १ सय ९५ मिटर लामो रहेको छ। गत वैशाख दुई गतेदेखि निर्माण कार्य सुरु गरी जेठ २ मा यसको निर्माण सम्मपन्न गरिएको छ। यो अहिले सञ्चालनमा आईसकेको छ।
यो पुलमा मानिसका साथै घोडा तथा खच्चर समेत हिँड्न मिल्दछ। चट्टान रहेको उक्त भागमा गोरेटो बाटो निर्माण गर्न समेत अत्यन्त कठिन थियो।
मानिस तथा मालसामान बोकेका घोडाहरु आवतजावत गर्ने उद्देश्यले निर्माण भएको यो पुलमा अहिले मानिसहरुको आवतजावत समेत बढेको छ।
अन्र्तराष्ट्रिय संस्था डिएफआइडि र सामर्थ नेपालको आर्थिक सहयोग ४ करोड ५० लाख रुपैयाँमा निर्माण भएको हो।
साथै यो पुल निर्माणका लागि स्वीजरल्यान्डको एफ आइटिइसिओ संस्थाले भने प्राबिधिक सहयोग उपलब्ध गराएको छ।
तस्वीर– मदन अधिकारी