एजेन्सी । शक्तिशाली तुफानका कारण चीनमा ९८ जनाको ज्यान गएको छ । झण्डै आठ सय जना घाइते भएका छन् । दुई सय जना भन्दा धेरैको अवस्था गम्भीर छ ।
र्वी चीनको जियाङग्सु प्रान्त तुफानका कारण धेरै प्रभावित भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । जियाङग्सु प्रान्तको याचेंग शहरमा धेरै घर भत्किएको छ । ठूलो वर्षा भइरहेकाले उद्दार कार्यमा कठिनाई भएको छ । उद्दारटोलीले प्रभावितहरुका लागि खानेकुरा पुर्याउने काम भइरहको बताएका छन् । चिनियाँ सरकारले राष्ट्रिय संकटकालको घोषणा समेत गरेको छ ।
यस्तै राजधानी बेइजिङबाट टेन्ट तथा अरु आपत्तकालिन सामग्री ढुवानी भएको छ । चीनको धेरैजसो भू भागमा यो हप्ता मुसलाधारे वर्षा भएको विविसीले जनाएको छ । यस्तै चीनको मध्य क्षेत्रमा बाढी आउँदा २२ जनाको ज्यान गएको छ । २ लाख मानिस विस्थापित भएका छन् । बाढीका कारण दुई अर्ब सात करोड युआन बराबरको आर्थिक क्षति भएको चीन सरकारले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले अवश्यक स्रोत परिचालन गरी प्रभावितहरुको उद्दारमा खट्न निर्देशन दिनु भएको छ । तुफान पछि चीन सरकारले राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।