Author: admin
काठमाडौं । आइतबार राति परेको ठूलो पानीका कारण सोमबार पनि मुग्लिन नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ । राति एकैछिन एकतर्फी बाटो खुलाएपनि फेरि पहिरो खसेपछि बाटो अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै सडकमाथिबाट ढुंगा खस्दा पन्छाउन पनि कठिनाई भएको छ । पहिरोका कारण दिनहुँजसो मुग्लिन नारायणघाट सडक अवरुद्ध हुन थालेपछि सकेसम्म यो रुट प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । हरेक दिन पहिरोका कारण लामो जाममा फस्ने गरेपछि वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो । ट्राफिक प्रहरीका अनुसार यो सडकखण्ड हुँदै पूर्व जाने गाडीले बनेपा–सिन्धुलीको बाटो प्रयोग गर्न सक्ने छन् । यस्तै पश्चिम…
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । संगठन समायोजन समितिका संयोजक वर्षमान पुन नेतृत्वको कार्यदलले कार्यालय समितिको बैठकमा केन्द्रीय समिति एक सय ५१ बनाउने प्रस्ताव गरेको हो । माघमा महाधिवेशन गर्ने तयारी गरेको माओवादी केन्द्रले अहिलेको १४ सय ९९ सदस्यलाई भारी मात्रमा कटौती गर्ने तयारी गरेको हो । कार्यदलले वडा समिति २५, गाउँ वा नगर ५५, महानगर जिल्ला ७५, प्रदेश समिति ९९ सदस्य बनाउने प्रस्ताव गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रस्तावमाथि १५ गते बस्ने कार्यालय समितिको बैठकले छलफल गरी निर्णय लिनेछ । कार्यदलले वडा, गाउँ, नगरको सम्मेलन असोजभित्र, जिल्ला…
काठमाण्डाैं । विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी भइरहेको अवस्थमा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्याउने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। महान्यायाधीबक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकले सम्पूर्ण कानुन व्यवयासीहरुको प्रमाणपत्र छानबिन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दियो। बार काउन्सिलले सम्पूर्ण कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र छानबिन गर्न लागेको हो। त्यसका लागि आफ्नो आफ्नो सदस्यको प्रमाणपत्र जम्मा गरी पठाउन बार काउन्सिलले अनुरोध गर्ने भएको छ। सम्बद्ध स्रोतले भन्यो–‘बार काउन्सिलबाट प्रमाणपत्रहरु छानबिन गर्ने निर्णय भएको छ। अब सम्पूणै बार एकाइबाट सबै…
च्याम्पियन चिलीले लगातार दोस्रोपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि उचालेको हो। चिलीमा भएको अघिल्लो संस्करमा पनि चिलीले अर्जेन्जिनालाई नै पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको थियो।
पृथ्वीनगर -२ डिगाउँ निवासी २४ बर्षिय देशु भनिने देशराज तामाङले गएको मध्यराति १२ बजे अाफ्नी ४५ बर्षिय अामा तारादेवी भुजेलकाे घाँटीमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।
गरेको हुँ धेरै छल, धेरै कपट चोरी, ठगीको नि सीमा छैन धम्की पनि अलिअलि लाकै हुँ तर कसैले बुझेनन् उबेला चट्ट सजिएर ठाँट दिन्थें सवैसामू सानो नबनी बिके बोलीहरु, बिके व्यवहारहरू बाँडिए सहाराहरू, तोडिए तगाराहरू बनें सबैको आशाको थलो नाटकै भए पनि गरी अरुको भलो फुर्तीफार्ती बढ्दैथ्यो सँधैसँधै अघि बढ्दै थें बुज्रुक झैं झुकिन कहिलै अनि झुक्तिन भन्थें सकेसम्म झुटो कसमको मर्यादाभित्र रही भन्थें स्पष्टवक्ता हुँ, सत्यसावित छु अहँ, कसैले लाएनन् पत्तो अलिकती नि समयसँगै सबैलाई झुटको भकारीभित्र विचारबन्दी बनाएको पत्याएकै थे सबैले निष्पक्ष र सत्य बोल्छ भनेर कसलाई के थाहा ? परिस्थिति किनेका ती पल परिस्थिति मोलेका ती पल…
काठमाण्डौं । शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने लगायतका माग राख्दै फेरि आमरण अनशन बस्ने बताएका छन् । आफ्ना विभिन्न चारवटा माग पूरा नभए असार २६ गतेदेखि अनशन बस्ने केसीले बताए । शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना शर्तहरू सार्वजनिक गरेका हुन् ।
काठमाण्डौं । नेपाली चलचित्रहरुमध्ये सर्वाधिक कमाई गर्ने मध्येको एक चलचित्र हो, कोहिनुर । अभिनेता श्रीकृष्ण श्रेष्ठको अभियन रहेको अन्तिम चलचित्र भएकाले पनि यस चलचित्रसँग उनका फ्यानको लगाव धेरै छ । यो चलचित्र रिलिज भएको भोलिपल्ट नै अभिनेता श्रेष्ठको निधन भएको थियो । यही चलचित्र कोहिनुर प्रदर्शनमा आएको झण्डै दुई वर्षपछि युट्युबमा रिलिज भएको छ । चलचित्रकी अभिनेत्री तथा निर्मात्री स्वेता खड्काले शनिबार च्यारेटी सो गर्दै चलचित्रलाई युट्युबमा सार्वजनिक गरेकी हुन् । कोहिनुर २०७० साउन २३ मा रिलिज भएको थियो । आकाश अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, स्वेता खड्का, मिथिला शर्मा र सम्राट शर्मा लगायत कलाकारको अभिनय छ…
काठमाण्डाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्पपीडितको राहत तथा पुर्नस्थापनाको विषयमा सरकार गम्भीर नभएको भन्दै संसद अबरोध गरेको छ। आफूहरुले पीडितका लागि आवास निर्माणमा दुई लाख रूपैयाँ एकमुष्ट दिने विषयलाई लिएर सदनमा प्रतिपक्षीले सदन तीन दिनसम्म माग गर्दा पनि प्रधानमन्त्री केपी शर्मा गम्भीर नभएर सदनको अपमान गरेको आरोप लगाएको छ। सभामुख ओनसरी घर्तिमगरले सदनको कारबाही सुरू गर्नासाथ प्रतिपक्षी दलका सांसदहरु उभिएर अबरोध गरेका थिए। त्यसपछि सभामुखले कांग्रेसका अर्जुननरसिंह केसीलाई बोल्न समय दिइन्। सदनमा बोल्दै केसीले पीडितको विषयमा जुन विषय सदनमा आफूहरुले उठाएको छ त्यो गम्भीर विषयमा सरकारले ध्यान दिन नसकेको बताए। ‘तीन दिन संसद अबरोध हुँदा पनि यो…
काठमाण्डौं । सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन आतइबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको ५९ हजार रुपैयाँ पुगेको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार भूकम्पपछिको पुननिर्माण र सेयर बजार उकालो लागेकाले सुन कारोबार निकै कम छ । शुक्रबार एकैदिन सुनको भाउ तोलामा तीन हजार रपैयाँ बढेपछि बिक्रि गर्ने बढेका पनि उहाँले बताउनुभयो । त्यस्तै आइतबार चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेर तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ ।