पृथ्वीनगर । झापा पृथ्वीनगरका एक युवकले अाफ्नै अामाकाे हत्या गरेका छन् ।
पृथ्वीनगर -२ डिगाउँ निवासी २४ बर्षिय देशु भनिने देशराज तामाङले गएको मध्यराति १२ बजे अाफ्नी ४५ बर्षिय अामा तारादेवीकाे घाँटीमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।
अामाकाे हत्या पछि अभियक्त अाँफै सीमा सुरक्षा प्रहरी चाैकी साेमबारेमा गई अात्मसमर्पण गरेका थिए ।
घटना बारे अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले बताए । अभियुक्त तामाङलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे डिएसपी शर्माले जानकारी दिए ।
Facebook Comments Box