काठमाण्डौं । नेपाली चलचित्रहरुमध्ये सर्वाधिक कमाई गर्ने मध्येको एक चलचित्र हो, कोहिनुर । अभिनेता श्रीकृष्ण श्रेष्ठको अभियन रहेको अन्तिम चलचित्र भएकाले पनि यस चलचित्रसँग उनका फ्यानको लगाव धेरै छ ।
यो चलचित्र रिलिज भएको भोलिपल्ट नै अभिनेता श्रेष्ठको निधन भएको थियो । यही चलचित्र कोहिनुर प्रदर्शनमा आएको झण्डै दुई वर्षपछि युट्युबमा रिलिज भएको छ ।
चलचित्रकी अभिनेत्री तथा निर्मात्री स्वेता खड्काले शनिबार च्यारेटी सो गर्दै चलचित्रलाई युट्युबमा सार्वजनिक गरेकी हुन् । कोहिनुर २०७० साउन २३ मा रिलिज भएको थियो । आकाश अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, स्वेता खड्का, मिथिला शर्मा र सम्राट शर्मा लगायत कलाकारको अभिनय छ ।
चलचित्र हेर्नुहोस् ।
Facebook Comments Box