काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । संगठन समायोजन समितिका संयोजक वर्षमान पुन नेतृत्वको कार्यदलले कार्यालय समितिको बैठकमा केन्द्रीय समिति एक सय ५१ बनाउने प्रस्ताव गरेको हो ।
माघमा महाधिवेशन गर्ने तयारी गरेको माओवादी केन्द्रले अहिलेको १४ सय ९९ सदस्यलाई भारी मात्रमा कटौती गर्ने तयारी गरेको हो । कार्यदलले वडा समिति २५, गाउँ वा नगर ५५, महानगर जिल्ला ७५, प्रदेश समिति ९९ सदस्य बनाउने प्रस्ताव गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रस्तावमाथि १५ गते बस्ने कार्यालय समितिको बैठकले छलफल गरी निर्णय लिनेछ । कार्यदलले वडा, गाउँ, नगरको सम्मेलन असोजभित्र, जिल्ला सम्मेलन कात्तिक र प्रदेश सम्मेलन मंसिरभित्र गर्ने प्रस्ताव गरेको छ । प्रस्तावमाथि १५ गते बस्ने कार्यालय समितिको बैठकले छलफल गरी औपचारिक निर्णय लिने प्रवक्ता भुसालले जानकारी दिइन् ।