काठमाण्डौं । सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन आतइबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको ५९ हजार रुपैयाँ पुगेको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार भूकम्पपछिको पुननिर्माण र सेयर बजार उकालो लागेकाले सुन कारोबार निकै कम छ । शुक्रबार एकैदिन सुनको भाउ तोलामा तीन हजार रपैयाँ बढेपछि बिक्रि गर्ने बढेका पनि उहाँले बताउनुभयो । त्यस्तै आइतबार चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेर तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ ।
Facebook Comments Box