काठमाडौं । अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ।
सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै चिलीले उपाधिमाथि कब्जा जमाएको हो।
च्याम्पियन चिलीले लगातार दोस्रोपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि उचालेको हो। चिलीमा भएको अघिल्लो संस्करमा पनि चिलीले अर्जेन्जिनालाई नै पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको थियो।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। तर अतिरित्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको हो।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका कप्तान स्टार स्ट्राइकर लियोनल मेसी र लुकास चुकेपछि चिलीले उपाधिमाथि कब्जा जमाएको हो।
Facebook Comments Box