Author: admin
काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दोका प्रशिक्षक घम बहादुर थापा मगर अमेरिकामा सम्मानित भएका छन् । उनलाई मास्टर हल अफ फेम अमेरिकाले हल अफ फेम अवार्ड र सम्मानपत्रद्धारा सम्मान गरेको छ । उनी दुई महिनाअघि मात्र अवार्डका लागि मनोनयनमा परेका थिए । नेपालमा मार्सल आर्ट खेल विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै उनी गत १८ जुनमा अमेरिकाको ओआयोमा सम्मानित भएका थिए । तर उनी नेपालमै कार्यव्यस्ताले सम्मानमा पुगेका थिएनन् । सम्मान अवार्ड आयोजक समितिले नेपाल आइटिएफ तेक्वान्दो तथा नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका सस्थापक अध्यक्ष कृष्णबहादुर बलाललाई थापा मगरको प्रतिनिधि तोकिएको थियो । सोमबार अमेरिकाको बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीमा पूर्व…
काठमाण्डाै । सरकारले राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक संसदमा पेश गरेको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले व्यवस्थापिका संसदकाे सोमबार बसेको बैठकमा विधेयक पेश गरे। विधेयक पेश गर्ने क्रममा मन्त्री रावलले राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकार स्पष्ट पार्न तथा सबै सुरक्षा निकायलाई राष्ट्रिय सुरक्षा, मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सीमा सुरक्षा लगायतका काममा समन्वायत्मक ढंगले काम गर्ने आधार तयार पार्न विधेयक पेश गरिएको बताए। उनले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्ने गरी विधेयक तयार पारिएको पनि बताए। संविधानमा प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय सुरक्षा परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति सदस्य…
दमक । इलाम जिल्लाको चुलाचुली गाबिस वडा नं. ५ मा सूर्योदय प्राबिका बिद्यार्थीहरु खोलामा पानी खानका लागि जानु पर्ने बाध्यता टरेको छ । तिर्खाएपछि नजिकै रहेको चान्जु खोलामा पानी खान जाने बिद्यार्थीहरु अब आफ्नै बिद्यालयको प्राङ्गणमा नै पानी खान पाउने भएका हुन् । झापा दमकका युवा ब्यवसायी रोटरियन नबिन अग्रवालको पहलमा उहाँका बुबा इन्द्रसेन अग्रवालले आफ्नो माइला छोरा अंकीत अग्रवालको स्मृतीमा २ हजार क्षमताका पानी ट्याङ्की सहित चारवटा धारा जडान गरिदिएपछि बिद्यार्थीहरु पानी खानका लागि अन्यत्र धाउनु पर्ने र खोलामा जोखिम मोलेर जानु पर्ने बाध्यता टरेको बिद्यालयका प्रधानअध्यापक भोजराज बुढाथोकीले बताए । यस क्षेत्रमा धारा नभएका कारण र चुरेको फेदी…
सुरुङ्गा । झापाको टाघनडुब्बामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सहभागिहरुले दक्षिणी सीमाना क्षेत्रमा चेलीबेटी बेचविखनका घटना बढिरहेकाले आगामी दिनमा सुरक्षा व्यवस्थाको कडा व्यवस्थापनको माग गरे । सहभागिहरुले सीमा क्षेत्रमा नारी बेचविखन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न समेत सुझाए । गाविस सचिव राजेन्द्रकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टाघनडुब्बा प्हरी कार्यालयका प्रमुख मोहन भूजेल, पशु सेवा कार्यालय कुमरखोदका प्रमुख जगतनारायण मण्डल, टाघनडुब्बा स्वास्थ्य चौकीकी प्रतिनिधि कविता बस्नेतलगायतले सहभागिले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए । कार्यक्रममा गाविसका पूर्व अध्यक्ष लक्ष्मी उप्रेती,महिला नेतृहरु सपना विक, लक्ष्मी गणेशलगायतले जिज्ञासा राखेका थिए । कार्यक्रममा एमालेका रङ्गलाल दाहाल, नेपाली कांग्रेसका ठमनाथ नेपाल,…
विर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा आज सोमवारबाट बिर्तामोडमा प्रथमपटक ‘फुटसल’ खुला प्रतियोगिता शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत सोमवार फुटसल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले गरे । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटी र वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरी र आस्था वाचन कार्यक्रम संयोजक मिकी कार्कीले गरेका थिए । प्रतियोगिता अघि पत्रकार र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल भएको थियो । उक्त मैत्रीपूर्ण प्रतियोगितामा ३का विरुद्ध ५ गोल गर्दै पत्रकारको टिम विजयी भयो । प्रतियोगितामा ९ वटा टिमले भाग लिएका…
काठमाण्डौं । सामाजिक सञ्जाल सगुन डटकमले लगानीको अवसर खुला गरेको छ । इच्छुक योग्य लगानीकर्ताले कम्तिमा पाँच हजार अमेरिकी डलर लगानी गर्न सक्ने सगुनले जनाएको छ । अमेरिकाको वासिङटन डिसीमा कार्यालय रहेको सगुन एकाउन्ट बनाएर सूचना आदान प्रदान गरे वापत पैसा पाउन सक्नेगरी निर्माण गरिएको संस्थापक गोविन्द गिरीले जानकारी दिए । ‘प्रयोगकर्ता माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि हामी लागि परेका छौं’ संस्थापक गिरीले भने । सगुनले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउड फन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको साथै सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने,…
जाजरकोट । जाजरकोट सदरमुकाम खलंगाका सुनचाँदी व्यवसायीबाट उपभोक्ता ठगिँदै आएको खुलेको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जबाट आएको टोलीले गरेको अनुगमनबाट यस्तो रहस्य खुलेको हो । सुनचाँदी व्यवसायीले नाप तौल गर्ने तराजु मापदण्ड विपरित रहेको पाइएको हो । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जका सहायक निरीक्षक गुरुप्रसाद पोखरेलको टोलीले सुनचाँदी पसलमा अनुगमन गर्दा सरकारी मान्यता विपरितका तराजु प्रयोग गरेको पाइएको हो । नापतौल विभागको छाप लागेका डिजिटल तराजु प्रयोग गर्नुपर्नेमा ९ वटा सुनचाँदी पसलले नक्कली चिनियाँ तराजु प्रयोग गरेको अनुगमनका क्रममा भेटिएको हो । टोलीले नक्कली तराजु जफत गरेको छ । व्यवसायीलाई नयाँ तराजु किनेर सात दिन भित्र…
काठमाण्डौं । कृषि विकास मन्त्री हरिबोल गजुरेलले हलो जोतेर खेती गर्न नचाहने युवालाई ट्रयाकटर ड्राइभर बनाएर भएपनि कृषिमा आकर्षित गराउने बताएका छन् । कृषि विभागमा भएको प्रथम युवा कृषि उद्यम सम्मेलनमा मन्त्री गजुरेलले भने, ‘गोरु जोते हली हुन्छ, ट्रयाक्टर चलाए ड्राइभर साहेव वा गुरुजी, गुरु जी बन्न हाम्रा युवा तयार छन् तर हली बन्न तयार छैनन् बरु उतै भेडा चराएर बस्छन, यहाँ हली बन्दैनन् । त्यसैले कृषिलाई यान्त्रीकरण गरी युवालाई कृषिमा आकर्षित गराउन खोजेका हौं ।’ स्वदेशमै केही गर्ने वातावरण भएमा विदेश पलायन भएका युवा पनि नेपालमै फर्किने दाबी गर्दै मन्त्री गजुरेलले भने, ‘युवाहरु अहिलेकै अवस्थामा हामीले फर्क भनेर फर्किने…
बैदिशक रोजगारीका बहानामा धेरै पैसा कमाउने लोभमा होस् या शहर घुम्न जाने बहानामा नेपालको ग्रामीण गाउँका अधिकांश महिला तथा बालबालिका अझै पनि मानव तस्करको शिकार बनिरहेका छन् ।
हराएका मध्ये थोरै मात्रै प्रहरीको सम्पर्कमा आएर भेटिए पनि धेरै महिला तथा बालबालिका भेटिएको पाईदैन । चिने जानेका र आफन्तबाटै महिला तथा बालबालिका देश तथा विदेशमा दासका नाममा या यौन बजारमा बेचिने घटना बढ्दो छ ।
हराएका मध्ये कमै मात्रै भेटिन्छन् । तर अधिकांश महिला तथा बालबालिका नभेटिने गरेको महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने सरकारी निकाय तथा गैर सरकारी संस्थाहरुको तथ्यांकले देखाएको छ ।
अर्जेन्टिना । कोपा अमेरिकाको फाइनल खेलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेसीले सन्यास फिर्ता लिने बताइएको छ । अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका हुन् । आगामी नोभेम्बरबाट हुने विश्वकपको क्वालिफार्इ चरणको खेलमा उनी अर्जेन्टिनाका लागि मैदानमा उत्रिने बताइएको छ । तर आगामी सेप्टेम्बर र अक्टोबरमा हुने खेलमा भने मेसीले नखेल्ने बताइएको छ । नोभेम्बरदेखि भने मेसीले अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा ओर्लने सो अखबारको दाबी छ । मेसीलाई सन्यासको निर्णय फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपति, फुटबलर डियागो म्याराडोना तथा मेसीका संसारभरका लाखौँ शुभचिन्तकले आग्रह…