सुरुङ्गा । झापाको टाघनडुब्बामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार सम्पन्न कार्यक्रममा सहभागिहरुले दक्षिणी सीमाना क्षेत्रमा चेलीबेटी बेचविखनका घटना बढिरहेकाले आगामी दिनमा सुरक्षा व्यवस्थाको कडा व्यवस्थापनको माग गरे ।
सहभागिहरुले सीमा क्षेत्रमा नारी बेचविखन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न समेत सुझाए । गाविस सचिव राजेन्द्रकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टाघनडुब्बा प्हरी कार्यालयका प्रमुख मोहन भूजेल, पशु सेवा कार्यालय कुमरखोदका प्रमुख जगतनारायण मण्डल, टाघनडुब्बा स्वास्थ्य चौकीकी प्रतिनिधि कविता बस्नेतलगायतले सहभागिले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए । कार्यक्रममा गाविसका पूर्व अध्यक्ष लक्ष्मी उप्रेती,महिला नेतृहरु सपना विक, लक्ष्मी गणेशलगायतले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा एमालेका रङ्गलाल दाहाल, नेपाली कांग्रेसका ठमनाथ नेपाल, माओवादी केन्द्रका देवी अधिकारी र न्यायिक तथा विकासका लागि सामाजिक सञ्जालका तर्फबाट हेम खड्काले विकास निर्माण र अनुगमन सम्बन्धी प्रस्ट्याएका थिए ।