अर्जेन्टिना । कोपा अमेरिकाको फाइनल खेलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेसीले सन्यास फिर्ता लिने बताइएको छ ।
अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका हुन् ।
आगामी नोभेम्बरबाट हुने विश्वकपको क्वालिफार्इ चरणको खेलमा उनी अर्जेन्टिनाका लागि मैदानमा उत्रिने बताइएको छ ।
तर आगामी सेप्टेम्बर र अक्टोबरमा हुने खेलमा भने मेसीले नखेल्ने बताइएको छ । नोभेम्बरदेखि भने मेसीले अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा ओर्लने सो अखबारको दाबी छ ।
मेसीलाई सन्यासको निर्णय फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपति, फुटबलर डियागो म्याराडोना तथा मेसीका संसारभरका लाखौँ शुभचिन्तकले आग्रह गर्दै आएका छन् ।
Facebook Comments Box