काठमाण्डौं । सामाजिक सञ्जाल सगुन डटकमले लगानीको अवसर खुला गरेको छ । इच्छुक योग्य लगानीकर्ताले कम्तिमा पाँच हजार अमेरिकी डलर लगानी गर्न सक्ने सगुनले जनाएको छ ।
अमेरिकाको वासिङटन डिसीमा कार्यालय रहेको सगुन एकाउन्ट बनाएर सूचना आदान प्रदान गरे वापत पैसा पाउन सक्नेगरी निर्माण गरिएको संस्थापक गोविन्द गिरीले जानकारी दिए ।
‘प्रयोगकर्ता माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि हामी लागि परेका छौं’ संस्थापक गिरीले भने ।
सगुनले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउड फन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको साथै सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिने समेत कम्पनीले जनाएको छ ।
सगुनमा रजिस्टर प्रयोगकर्ताले माई डे, मुड टक, ओपन सेक्रेट जस्ता विशेषता रहेका छन् । सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टापछि म्यासेजहरु आफै हराएर जाने विशेषता समेत रहेका छन् ।