Author: admin
काठमाडौं,असार २२ । मोदी सरकारले मंगलबार दार्जिलिङका लोकसभा सांसद एसएस आहलुवालियाजीलाई राज्यमन्त्री बनाएपछि स्वतन्त्र भारतको इतिहासमा दार्जिलिङका सांसदले पहिलोपटक मन्त्रीमण्डलमा प्रवेश पाएको भन्दै गोर्खा जनमुक्ति मोर्चासहित नागरिकले खुसी व्यक्त गरेका छन् । मोर्चा अध्यक्ष विमल गुरुङले मोदी मन्त्रीमण्डल पुनर्गठनपछि मंगलबार भने, ‘स्वतन्त्र भारतको इतिहासमा दार्जिलिङका सांसदले युनियन क्याबिनेटमा स्थान पाएको यो पहिलोपटक हो । उक्त पहलले भाजपा सरकारको दार्जिलिङ र डुबर्स क्षेत्रका जनताका निम्ति सम्मान अनि आदर भाव झल्किन्छ ।’ भारत स्वतन्त्र भएदेखि अहिलेसम्म नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङका सांसदले सरकारका प्रवेश पाएका थिएनन् । गोर्खाल्यान्ड माग गर्दै लडेका गोर्खालीले यो कदमलाई सकारात्मक रुपमा लिएको बताएका छन् । आजको अन्नपूर्ण…
धनुषा, असार २२। धनुषा उपमहानगरपालिका १४ पिडारीको पछयारिया टोलको चौरीमा वेवारिसे अवस्थामा भर्खरै जन्मिएकी बालिका भेटिएकी छन्। स्थानीय बासिन्दाले चौरीमा भर्खरै जन्मिएकी बालिका देखेपछि इलाका प्रहरी कार्यालय मुझेलियाको टोलीलाई खबर गरेका हुन्। स्थानीयले जानकारी गराएपछि प्रहरीले बालिकाको उद्धार गरेको छ। प्रहरी टोलीले अन्दाजी दुई-चार दिनकी बालिकालाई उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याएको छ। प्रहरीले बालिकाको पहिचानका लागि सहयोग गर्न सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ। प्रहरीले बालिका फालिनुको कारण कसैलाई थाहा भए जानकारी गराउन समेत आग्रह गरेको छ। प्रहरीले गोप्य जानकारीका लागि टेलिफोन नम्बर समेत दिएको छ। ०४१५२४१०० र ९८५४०२६७७० नम्बरमा सम्पर्क गरेर सहयोग गर्न प्रहरीको आग्रहे छ । अन्नपूर्ण पाेष्टमा…
काठमाण्डौं । नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपालले असार ३१ गते र साउन २ गते मैत्रीपूर्ण खेल खेल्ने भएको हो । दुवै खेल बंगलादेशमा हुने भएपनि ठाउँ भने तय नभएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले एक महिनादेखि अभ्यास गरिरहेको छ । नेपालले यसअघि मलेसियाको २२ वर्षमुनिको टोली र लाओसको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।
काठमाण्डाैं । आगामी अगष्ट १० देखि १२ सम्म राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने भएको छ । राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ७५ जिल्लाका युवाहरुको सहभागीतामा ३ दिन सम्म युवा उद्यमशिलता, युवा नेतृत्व र ब्यक्तित्व बिकास सम्बन्धी बिषयमा बिभिन्न ब्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत हुने गरी कार्यक्रमको आयोजना गर्न लागेको राष्ट्रिय युवा परिषद नेपालका अध्यक्ष सरोज बानियाँले बताए । परिवर्तनका सम्बाहक , परिबर्तनका अनुयायी र चेन्ज मेकरको रुपमा नेपाली युवाहरुलाई लिइएको र अझै पनि नेपाली युवाहरुबाट आश मारिहाल्नुपर्ने समय नआईसकेको र राष्ट्र परिवर्तनको मूल धारमा ल्याउन सकिने हुँदा नेपाली युवाहरुलाई जुझारु र सक्रिय बनाउदै नेपाली युवाको लागी…
सुरुङ्गा । कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाको हाताभित्र सुस्त श्रवण क्षमता तथा बहिरा विद्यार्थीका लागि छात्रावास भवन निर्माण गरिने भएको छ । शिक्षा विभागका महानिर्देशक खगराज बरालले धार्मिक विधिपूर्वक वैदिक मन्त्रोच्चारणका साथ भवनको शिलान्यास गरेका छन् । मन्त्रालयको ८३ लाख रुपैयाँ लागतमा भूकम्पप्रतिरोधी उक्त भवन बन्ने भएको हो । महानिर्देशक बरालले सबै प्रकारका अपाङ्ग विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सरकारको मूल लक्ष्य रहेकाले सोही लक्ष्य अनुरुप नीतिनिर्माण र बजेट विनियोजन गरिने जानकारी दिए । उनले शिक्षाका लागि राजनीति गर्नुपर्ने तर शिक्षामा राजनीति गर्नु नहुने बताए । विद्यालयको विशेष शिक्षातर्फ अध्ययनरत सुस्त श्रवण क्षमताका (बहिरा) विद्यार्थीका लागि सुविधासम्पन्न छात्रावास निर्माणपछि उनीहरुलाई सहज…
झापा । पूर्वाञ्चल दैनिकले ‘सचेत नागरिक समूह’सँग पत्रिकाका सम्पादक एकराज गिरी र सहसम्पादक भण्डारीको नाम जोडेर प्रचारबाजी भइरहेको भन्दै आपत्ति जनाएको छ । सो दैनिकको व्यवस्थापनले मङ्गलवार प्रेस विज्ञप्ति प्रकाशित गरी ‘सचेत नागरिक समूह’को भूमिगत गतिविधिसँग जोडेर लागिरहेको आरोप सम्बन्धमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो । ‘विभिन्न सञ्चारमाध्यममा केही समयदेखि यस पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी र सहसम्पादक सुरेन्द्र भण्डारीको नाम ‘सचेत नागरिक समूह’ नामक सङ्गठनसँग जोडेर भइरहेको नियोजित तथा भ्रामक प्रचार र वक्तव्यवाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ–‘यस दैनिकका सम्पादक गिरी र सहसम्पादक भण्डारीको संलग्नता बाहिर प्रचार गरिएको ‘भूमिगत गिरोह’सँग…
काठमाण्डौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले अमेरिकी बुहारी भित्र्याएका छन् । सोमबार अमेरिकामै जेठा छोरा त्रिलोकको विहे भएको हरिबंशले बताए । उनले फेसबुकमार्फत भनेका छन्, ‘ मेरो जेठो छोरा त्रिलोकको अमेरिकामा नेपाली परम्परा अनुसार विवाह भएको छ।’ बिहेकै लागि उनी केहि पहिले अमेरिका पुगेका थिए ।
काठमाडौं । अन्ततःआमिर खानका फ्यानको पर्खाइ समाप्त भएको छ । उनी अभिनित सिनेमा दंगलको अफिसियल पोस्टर रिलिज भएको छ । मुम्बइमा सोमबार आयोजित समारोहमा आमिर खानसहित निर्देशक र कलाकारले पोस्टर अनावरण गरे । प्रेस मिटमा आमिरले सलमान खानप्रति पनि आभारी सुनाए । दंगल शीर्षक राख्नका लागि सहयोग गरेकोमा आमिरले सलमानलाई धन्यवाद दिए । फिल्ममा सातवटा गीत समावेश गरिएको जनाउँदै उनले फिल्मको स्क्रिप्ट लेख्न बस्दा धेरैपटक हाँसेको र रोएको स्मरण गरे । शाहरुख र सलमानको बढ्दो दोस्तीको पनि उनले प्रशंसा गरे । हालै एक फोटोमा सलमान र शाहरुखलाई सँगै ‘साइक्लिङ’ गरेको देखिएको थियो । बुधबार रिलिज हुने सलमान खानको फिल्म सुल्तानभन्दा दंगल…
काठमाण्डौं । नेपाली वितरकले अहिलेसम्मकै उच्चमूल्यमा सलमानखानको फिल्म सुल्तान खरिद गरेका छन् । गोपिकृष्ण मूभिजले ३ करोड २० लाख नेरु (२० लाखभारु)मा फिल्म यशराज फिल्मस्बाट किनेको हो । यो कारोबार नेपाली फिल्मबजारमा अहिले सम्मकै उच्च हो । यसअघि करोडभन्दा बढी मूल्यमा खान अभिनित फिल्म किनिएपनि यति मूल्य हालिएको थिइएन । गोपिकृष्ण वितरण प्रमुख प्रदीप दाहालका अनुसार एड्भान्स रकम स्वरूप गोपिकृष्ण भारतीय वितरक यशराज फिल्मस्लाई उक्त रकम बुझाएको हो । ‘फाइदाभएपनि र घाटा भएपनि त्यही रकमबाट व्योहोर्ने सर्तअनुसार उक्त एड्भान्स रकम बुझाइएको हो’ दाहालले भने । सुल्तान बुधवार देशभर रिलिज हुँदैछ । ‘एड्भान्स बुकिङ’ समेत उच्च छ । –
काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक विकास सम्बन्धी अवधारणलाई भिडियो कार्टुनमार्फत सार्वजनिक गरेको छ । १ मिनेट ४२ सेकेण्डको उक्त ‘एनिमेटेड भिडियो’ मा नेपालमा आएको वैदेशिक सहयोग कसरी दुरुपयोग हुने गरेको छ भन्ने कुरा देखाउन खोजिएको छ । यस्तै, भिडियोमा नयाँ शक्तिले पूर्वाधार, कृषि र जलविद्युतमा कसरी विकास गर्ने भन्ने कुरा प्रस्ट्याउन खोजिएको छ । भिडियोमा फराकिला सडक र उच्च पहाडी भेगमा केवल कार दौडिरहेको देखाइएको छ । यसअघि भट्टराई आफैँले पार्टीको आमसभाका लागि ‘मोडलिङ’ गरेका थिए । https://youtu.be/HA0KSvHqeV0