काठमाण्डाैं । आगामी अगष्ट १० देखि १२ सम्म राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१६ हुने भएको छ ।
राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ७५ जिल्लाका युवाहरुको सहभागीतामा ३ दिन सम्म युवा उद्यमशिलता, युवा नेतृत्व र ब्यक्तित्व बिकास सम्बन्धी बिषयमा बिभिन्न ब्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत हुने गरी कार्यक्रमको आयोजना गर्न लागेको राष्ट्रिय युवा परिषद नेपालका अध्यक्ष सरोज बानियाँले बताए ।
परिवर्तनका सम्बाहक , परिबर्तनका अनुयायी र चेन्ज मेकरको रुपमा नेपाली युवाहरुलाई लिइएको र अझै पनि नेपाली युवाहरुबाट आश मारिहाल्नुपर्ने समय नआईसकेको र राष्ट्र परिवर्तनको मूल धारमा ल्याउन सकिने हुँदा नेपाली युवाहरुलाई जुझारु र सक्रिय बनाउदै नेपाली युवाको लागी नेपाली युवालेनै गर्नु पर्ने समय आएकोले यस सम्मेलनको आयोजना गर्न लागेको अध्यक्ष बानियाँले बताए ।
गत बर्ष पनि ६८ जिल्लाको १३८ जना नेपाली युवाहरुको सहभागीतामा राष्ट्रिय युवा सम्मेलन २०१५ सम्पन्न गरेको थियो ।
Facebook Comments Box
1 Comment
Doing well