काठमाडौं । अन्ततःआमिर खानका फ्यानको पर्खाइ समाप्त भएको छ । उनी अभिनित सिनेमा दंगलको अफिसियल पोस्टर रिलिज भएको छ ।
मुम्बइमा सोमबार आयोजित समारोहमा आमिर खानसहित निर्देशक र कलाकारले पोस्टर अनावरण गरे ।
प्रेस मिटमा आमिरले सलमान खानप्रति पनि आभारी सुनाए ।
दंगल शीर्षक राख्नका लागि सहयोग गरेकोमा आमिरले सलमानलाई धन्यवाद दिए ।
फिल्ममा सातवटा गीत समावेश गरिएको जनाउँदै उनले फिल्मको स्क्रिप्ट लेख्न बस्दा धेरैपटक हाँसेको र रोएको स्मरण गरे ।
शाहरुख र सलमानको बढ्दो दोस्तीको पनि उनले प्रशंसा गरे ।
हालै एक फोटोमा सलमान र शाहरुखलाई सँगै ‘साइक्लिङ’ गरेको देखिएको थियो ।
बुधबार रिलिज हुने सलमान खानको फिल्म सुल्तानभन्दा दंगल भिन्न रहेको बताउँदै उनले यसलाई पारिवारिक र सशक्तीकरणको फिल्म रहेको बताए ।
निर्देशक नितिश तिवारी र सिद्धार्थ रोय कपुरसँग मिलेर आमिरले पोस्टर लन्च गरे । फिल्म २३ डिसेम्बर २०१६ मा रिलिज हुँदैछ ।