काठमाण्डौं । नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपालले असार ३१ गते र साउन २ गते मैत्रीपूर्ण खेल खेल्ने भएको हो । दुवै खेल बंगलादेशमा हुने भएपनि ठाउँ भने तय नभएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले एक महिनादेखि अभ्यास गरिरहेको छ । नेपालले यसअघि मलेसियाको २२ वर्षमुनिको टोली र लाओसको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।
Facebook Comments Box