काठमाडौं,असार २२ ।
मोदी सरकारले मंगलबार दार्जिलिङका लोकसभा सांसद एसएस आहलुवालियाजीलाई राज्यमन्त्री बनाएपछि स्वतन्त्र भारतको इतिहासमा दार्जिलिङका सांसदले पहिलोपटक मन्त्रीमण्डलमा प्रवेश पाएको भन्दै गोर्खा जनमुक्ति मोर्चासहित नागरिकले खुसी व्यक्त गरेका छन् ।
मोर्चा अध्यक्ष विमल गुरुङले मोदी मन्त्रीमण्डल पुनर्गठनपछि मंगलबार भने, ‘स्वतन्त्र भारतको इतिहासमा दार्जिलिङका सांसदले युनियन क्याबिनेटमा स्थान पाएको यो पहिलोपटक हो । उक्त पहलले भाजपा सरकारको दार्जिलिङ र डुबर्स क्षेत्रका जनताका निम्ति सम्मान अनि आदर भाव झल्किन्छ ।’
भारत स्वतन्त्र भएदेखि अहिलेसम्म नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङका सांसदले सरकारका प्रवेश पाएका थिएनन् ।
गोर्खाल्यान्ड माग गर्दै लडेका गोर्खालीले यो कदमलाई सकारात्मक रुपमा लिएको बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।