Author: admin

पाँचथर ।  जिल्ला वन कार्यलयले विभिन्न प्रजातिका ४० हजार बिरुवा वितरण गरेको छ । कार्यालयका सूचना अधिकारी ललितकुमार कर्णका अनुसार भू–क्षय र पहिरोबाट सुरक्षित रहन वृक्षारोपण गरिएको हो । टिक १० हजार, खोटे सल्ला सात हजार, धूपी सल्ला तीन हजार, अमेरिकन सल्ला सात हजार, खयर दुईहजार ५०० र तेजपत्ता १० हजार बिरुवा कृषकलाई वितरण गरेको छ । त्यस्तै अमला एक हजार, टाँकी १५०, बडहर २५०, बकाइना ३०० र इपिलका २०० बिरुवा वितरण गरिएको जिल्ला वन अधिकृत दिवेशमणि त्रिपाठीले जानकारी दिए । कार्यलयले बर्सेनि बिरुवा वितरण गर्दै आएको छ ।

Read More

जनकपुर ।  जनकपुरको बसपार्कबाट एउटा बस चोरी भएको छ । जनकपुरबाट जटही चल्ने  ना १ ख ९५७९ नम्बरको शुभ यात्रा ट्राभल्सको बस चोरी भएको बस सञ्चालकले जनाएका छन् । बसमा कोहि नभएको बेला बिहान ११ बजेतिर चोरी भएको बस सञ्चालक जटहीका रोहित चौधरीले बताए । सेतो रंगको बस बसपार्कबाटै चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा खोज तलासको लागि निवेदन दिएको चौधरीले बताए ।

Read More

झापा ।   चिकित्सा क्षेत्र बेथिति र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग सिफारिस गर्न माग गर्दै तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डा. गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रेको छ । डाक्टर केसीलाई सास फेर्न अप्ठेरो हुने, मुटुको धड्कन बढ्ने, पिसाब कम हुनेलगायत समस्या देखिएका छन्। केसीको स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दै मंगलबार बिहानदेखि स्लाइन दिन थालिएको छ। शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरको सक्रियतामा केसीको स्वास्थ्य परीक्षण गरी स्लाइन दिन थालिएको हो। ‘हामीले स्वास्थ्य परीक्षण गर्दा त्यस्ता समस्या देखिएका छन्,’ रेजिडेन्ट डाक्टर सुमन आचार्यले भने, ‘उहाँलाई जोखिमबाट जोगाउन स्लाइन दिन थालिएको हो।’ आचार्यका अनुसार केसीको स्वास्थ्यस्थिति बिग्रिएपछि अस्पतालका नर्सलाई रेखदेखका लागि…

Read More

आफ्नै घर अाफ्नै देशको, यौटा गजल लेखौं साथी आफ्नै भाषा आफ्नै भेषको, यौटा गजल लेखौं साथी समताको श्वास हाली, सहिष्णुता नंग्याएर जन्मै पीडित प्रदेशको, यौटा गजल लेखौं साथी दियो जन्म जुन माटोले, राखी त्यो माया मुटुमा रगतमा रम्ने विदेशको, यौटा गजल लेखौं साथी विश्वास छैन छ घात मात्र, हामी अबुझ अभागीलाई जहाँ जतै लाग्ने ठेसको, यौटा गजल लेखौं साथी नयाँ नेपालको सपना, साँच्चै बिपनामा वाङ्ग्यो अब ‘अन्जान’ परिवेशको, यौटा गजल लेखौं साथी – प्रतिभा चौक, पृथ्वीनगर , झापा हाल अमेरिका

Read More

ईटाभट्टा ।  मेचीनगर नगरपालिका सामाजिक परिचालन समन्वय समितिको आयोजनामा दुई दिवशिय क्षमता विकास सम्बन्धि तालिम मङ्गलबार सम्पन्न भएको छ । तालिममा सामाजिक परिचालन क्षमता विकास,रुपान्तरणीय सामाजिक परिचालन,ग्रामिण शिघ्र लेखाजोखा प्रणाली,राष्ट्रिय अभियान,  उपभोक्ता समिति,प्लाष्टिक झोला मुक्त अभियान,खुल्ला दिशामुक्त अभियान,नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मञ्चबीचको सम्बन्ध र भिन्नता लगायतका विविध विषयमा प्रशिक्षण दिईएको थियो । सामाजिक परिचालन समन्वय समितिका पदाधिकारी तथा नगरका सम्पूर्ण वडाहरुमा गठित नागरिक सचेतना केन्द्रका सामाजिक परिचालिकाहरुको क्षमता अभिवृद्धि एवं नेतृत्व विकास गराउने उद्धेश्यले तालमिको आयोजना गरिएको हो । नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती,खाद्य विश्लेषक दिपेन्द्र कार्की,लेखा अधिकृत राजनकुमार भेटवाल,कर अधिकृत चक्रपाणी खनाल र कार्यक्रम संयोजक सोमराज ढकालले…

Read More

गौरादह । सडक दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले गौरादहको डिपु चौकमा मंगलबार सडक डिभाइडर निर्माण गरिएकाे छ  । चौकमा गाडीहरुको गतिलाई कम गरी हुन सक्ने दुर्घटनाहरुबाट जोगिएर आफ्नो गन्तव्यतिर लाग्न व्यवहारिक रुपमा सडक डिभाइडर आवश्यक हुने गौरादह अस्थाई ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी शंकरप्रसाद यादवले बताए । गौरादह उद्योग वाणिज्य संघले संयोजन गरेको डिभाइडर निर्माण कार्यमा गौरादहका विभिन्न संघ संस्थाहरुको ३६ हजारको लागतमा हाललाई सोह्र ओटा डिभाइडर राखिएको संघका अध्यक्ष डिल्ली काफ्लेले जानकारी दिए । कानुन भन्दा माथि कोही पनि नभएको भन्दै सडक प्रयोग सम्बन्धी चेतना फैलाउन पनि सडक डिभाइडर राख्न संस्थाले सहयोग गरेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष…

Read More

चारआली । तारापुन्ज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने निशुल्क आँखा शिविर मंगलबार चारआलीमा सम्पन्न भएको छ । काँकरभिट्टा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिवीरमा ३ सय ३५ जनाले निशुल्क आँखा परीक्षण गराएका थिए । जस मध्ये २७ जनामा मोतीया विन्दु फेला परेकोले निशुल्क शल्यकृयाको लागि काँकरभिट्टा आँखा अस्पताल पठाइएको आयोजक संस्थाका अध्यक्ष लिलाप्रसाद भण्डारीले वताएका छन् । स्थानीय वयोवृद्ध जेष्ठ नागरिक ९३ बर्षिया कृष्ण लक्ष्मी भट्टराइ र ९५ वर्षिय देवी बहादुर खड्काले संयुक्त उद्घाटन गर्नु भएको शिविरमा निशुल्क औषधी वितरण गरिनुको साथै ६८ जनालाई सहुलियत दरमा चस्मा समेत प्रदान गरिएको आयोजक संस्थाका व्यवस्थापक मोहन अधिकारीले बताए ।

Read More

काठमाण्डौं ।  सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धी व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार तथा कर्मचारीको तलब पुनरावलोकनका लागि सरकार समक्ष गरेको सिफारिसलाई मन्त्रिपरिषद बैठकले पारित गरी राजपत्रमा प्रकाशित गरेको हो । साउन १ गतेदेखि सबै सञ्चारमाध्यमले यो व्यवस्था लागु गर्नुपर्नेछ । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धी व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरेकोमा नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले मंगलबार प्रेश नोट जारी गर्दै नयाँ न्यूनतम पारिश्रमिकलाई सहजतापूर्वक कार्यान्वयनमा ल्याउन मिडिया व्यवस्थापन पक्ष तथा सरकारलाई आग्रह गरेका छन् । उनले मिडिया उद्योगको विकासका लागि अघि बढाइएका नीतिगत तथा…

Read More

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन नेपाली कांग्रेसले लिखित सहमति जनाइसकेको दावी गरेको छ । माओवादीको संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेसले मंगलबार नै प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको लिखित जवाफ दिइसकेको दावी गरेका हुन् ।

Read More

काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता लिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ । बैठक बेलुका ६ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको एमालेले जनाएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Read More