चारआली । तारापुन्ज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने निशुल्क आँखा शिविर मंगलबार चारआलीमा सम्पन्न भएको छ ।
काँकरभिट्टा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिवीरमा ३ सय ३५ जनाले निशुल्क आँखा परीक्षण गराएका थिए । जस मध्ये २७ जनामा मोतीया विन्दु फेला परेकोले निशुल्क शल्यकृयाको लागि काँकरभिट्टा आँखा अस्पताल पठाइएको आयोजक संस्थाका अध्यक्ष लिलाप्रसाद भण्डारीले वताएका छन् ।
स्थानीय वयोवृद्ध जेष्ठ नागरिक ९३ बर्षिया कृष्ण लक्ष्मी भट्टराइ र ९५ वर्षिय देवी बहादुर खड्काले संयुक्त उद्घाटन गर्नु भएको शिविरमा निशुल्क औषधी वितरण गरिनुको साथै ६८ जनालाई सहुलियत दरमा चस्मा समेत प्रदान गरिएको आयोजक संस्थाका व्यवस्थापक मोहन अधिकारीले बताए ।
Facebook Comments Box