गौरादह । सडक दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले गौरादहको डिपु चौकमा मंगलबार सडक डिभाइडर निर्माण गरिएकाे छ ।
चौकमा गाडीहरुको गतिलाई कम गरी हुन सक्ने दुर्घटनाहरुबाट जोगिएर आफ्नो गन्तव्यतिर लाग्न व्यवहारिक रुपमा सडक डिभाइडर आवश्यक हुने गौरादह अस्थाई ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी शंकरप्रसाद यादवले बताए ।
गौरादह उद्योग वाणिज्य संघले संयोजन गरेको डिभाइडर निर्माण कार्यमा गौरादहका विभिन्न संघ संस्थाहरुको ३६ हजारको लागतमा हाललाई सोह्र ओटा डिभाइडर राखिएको संघका अध्यक्ष डिल्ली काफ्लेले जानकारी दिए ।
कानुन भन्दा माथि कोही पनि नभएको भन्दै सडक प्रयोग सम्बन्धी चेतना फैलाउन पनि सडक डिभाइडर राख्न संस्थाले सहयोग गरेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मल बाँस्तोलाले बताए ।
सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमका बारेमा सैद्घान्तिक रुपमा गौरादह अस्थाई ट्राफिक प्रहरी पोष्टले विभिन्न चेतना मूलक कार्य गर्दै आएको छ ।