आफ्नै घर अाफ्नै देशको, यौटा गजल लेखौं साथी
आफ्नै भाषा आफ्नै भेषको, यौटा गजल लेखौं साथी
समताको श्वास हाली, सहिष्णुता नंग्याएर
जन्मै पीडित प्रदेशको, यौटा गजल लेखौं साथी
दियो जन्म जुन माटोले, राखी त्यो माया मुटुमा
रगतमा रम्ने विदेशको, यौटा गजल लेखौं साथी
विश्वास छैन छ घात मात्र, हामी अबुझ अभागीलाई
जहाँ जतै लाग्ने ठेसको, यौटा गजल लेखौं साथी
नयाँ नेपालको सपना, साँच्चै बिपनामा वाङ्ग्यो
अब ‘अन्जान’ परिवेशको, यौटा गजल लेखौं साथी
– प्रतिभा चौक, पृथ्वीनगर , झापा हाल अमेरिका
Facebook Comments Box