Author: admin

काठमाडौं । नेपाल टेलिकमले विपदको जोखिममा रहेका क्षेत्रमा एसएमएसमार्फत आफ्ना सेवाग्राहीलाई विपदसम्बन्धी पूर्वसूचना दिने भएको छ । बिहीबार नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबिच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसएमएस प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका सेवाग्राहीको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना निःशुल्क पठाउने व्यवस्था मिलाइने छ । सम्झौता कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले विपदको पूर्व जानकारी गराई क्षति न्यूनिकरण गर्न मौसम विज्ञान विभागसँग सहकार्य गरेको बताए ।

Read More

झापा । प्रेस काउन्सिल नेपालले झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई स्पष्टीकरण मागेको छ । समाचारको विषयमा अधिकार क्षेत्र बाहिर गई पूर्वाञ्चल दैनिकलाई स्पष्टीकरण पत्र काटेको भनी नेपाल पत्रकार महासंघ झापाको उजुरी पछि काउन्सीलले सहायक प्रजिअ सापकोटाका नाममा स्पष्टीकरण पत्र काटेको हो । स्पष्टीकरण पत्रमा आमसञ्चार माध्यममा प्रकाशित समाचार सामग्रीबाट पत्रकार आचार संहिता उल्लंघन भएको स्थितिमा प्रेस काउन्सिल नेपालले ‘आवश्यक कारवाही र छानविन गर्ने’ व्यवस्था प्रेस काउन्सिल ऐन २०४८ को (ङ) र (छ) मा हुँदाहुँदैै अधिकार क्षेत्र बाहिर गई किन पत्र काटेको हो ? भन्ने प्रश्न गरिएको छ । सो सम्बन्धी जवाफ सात दिनभित्र पेश गर्न काउन्सिलले सहायक प्रजिअ सापकोटालाई…

Read More

झापा – तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवा बजार नजिकै बिहीबार दिउँसो बस दुर्घटना हुँदा  पूर्वअर्थराज्यमन्त्री हरिराज खेवा लिम्बू  सहित सात जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् । हाल सम्म पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको मात्र सनाखत भएको छ । अरुको परिचय खुल्न सकेको छैन । संखुवासभाको मुढेशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस दिउँसो साढे १२ बजे दुर्घटना हुँदा ३ जना पुरुष, २ जना महिला  र एक जना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी जवान डिकबहादुर कार्कीले जानकारी दिए । मृत्यु भएका लिम्बु २०६४ सालको संविधानसभाको निर्वाचनमा धनकुटा…

Read More

विर्तामोड । जापनिज टेक्नोलोजीको ट्युबुलर प्लेट भएको डेल्टा  इ-रिक्साको ब्याट्री अब झापाको बिर्तामोडमा पाइने भएको छ । बिहिबार एक कार्यक्रमका बीच  मेची अञ्चलका लागि आधिकारीक बिक्रेता उर्जा कन्सर्न प्रालीले उक्त ब्याट्रीको  साेरुमकाे उद्घाटन गरेको हो । डेल्टा उत्पादक कम्पनी बंगलादेशका प्रतिनिधि महोमद जाकिर हुसेनले रिबन काटेर साेरुमको उद्घाटन गरेका थिए । बंगलादेशको डेल्टा कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता त्रिथुङ्गा ट्रेडिङ् कन्सर्नले विर्तामोडमा पनि उक्त ब्याट्री ल्याएको हो । झापाको विर्तामोडमा उर्जा कन्सर्न प्रालीले विर्तामोड बसपार्कमा रहेको साेरुमबाट डेल्टाका ई-रिक्सा ब्याट्री  तथा इनभर्टर ब्याट्री बिक्री वितरण गर्ने भएको हो । डेल्टा उत्पादक कम्पनी बंगलादेशका प्रतिनिधि महोमद जाकिर हुसेनले उक्त ब्याट्रि एकपटक…

Read More

​काठमाडौं, साउन १३ – नेपाल टेलिकमको १ सय रुपैयाँ दरका ३५० वटा रिचार्जकार्ड चोरी भएको छ । ढुवानीका क्रममा सय रुपैयाँका १११५०८०३७२११७६०१ देखि १११५०८०३७२११७९५० नम्बरसम्मका कार्ड चोरी भएकाले यी कार्ड खरिदबिक्रि नगर्न नेपाल टेलिकमले अनुरोध गरेको छ । टेलिकमले बिहीबार सार्वजनिक सूचना निकालेर यी कार्ड खरिदबिक्रि नगर्न आग्रह गरेको हो । टेलिकमले यस्ता कार्ड बजारमा भेटिए वा कुनै जानकारी पाए नजिकैको टेलिकमको कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

Read More

काठमाडौं– अविरल वर्षापछि आएको बाढी/पहिरो तथा डुबानबाट ३ दिनमा ६६ जनाको ज्यान गएको छ । १५ जना बेपत्ता भएका छन् भने ३१ जना घाइते भएका छन् । सोमबार रातिदेखि आएको वर्षाका कारण बाढीपहिरो जाँदा झापा, सुनसरी, सप्तरी, रौतहट, प्युठान, बागलुङ, बाँके, रोल्पालगायत एक दर्जनभन्दा बढी जिल्ला बाढीबाट प्रभावित बन्न पुगेको छ । कबिर ३ हजार परिवार प्रकोपबाट प्रभावित छन् । ७६ वटा घरमा पूर्ण क्षति पुगेको छ । जोखिमपूर्ण क्षेत्रका सर्वसाधरणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

बिर्तामोड ।  आसन्न नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनका लागि प्रदेश नम्बर १ बाट सन्तोष उप्रेतीले केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गरेका छन् । बुधबार झापाको बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै उनले उम्मेद्वारी घोषणा गरेका हुन् । नेविसंघको महाधिवेशन आगामी साउन २३, २४, र २५ गते काठमाडौँमा हुँदैछ । उप्रेती नेविसंघ झापाका सचिव हुन् । २०५६ सालबाट महेन्द्ररत्न उच्च माविबाट सदस्यता लिएका उनले सङ्गठनप्रति गरेको त्याग र निष्ठाका आधारमा जित्ने दावी गरेका छन् । चुनावमा ६१ जनाले झापाबाट मतदान गर्नेछन् । विद्यार्थीमाझ लोकप्रियता कमाएका उप्रेतीलाई साझा उम्मेद्वारको रुपमा लाने तयारी भइरहेको जनाइएको छ । लामो समयदेखि स्थगित हुँदै आएको नेविसंघको महाधिवेशनबाट…

Read More

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारको आकार पनि जम्बो हुने भएको छ । पार्टीभित्रबाट मन्त्रिपरिषद्को आकार सानो बनाउन नेतृत्वलाई दबाब परे पनि गठबन्धनका अन्य दलका साथै पार्टीभित्रैको गुट व्यवस्थापन गर्नुपर्ने भउकाले नयाँ सरकारको पनि आकार जम्बो हुने भएको हो । हाल अहिलेको सरकारको जति नै नयाँ बन्ने प्रचण्ड नेतृत्वको सरकारमा उती नै मन्त्री कायम रहने स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

पृथ्वीनगर ।  अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित बनेका झापा पृथ्वीनगरका बासिन्दालाई राप्रपा नेपालले राहत सामाग्री वितरण गरेको छ । बुधबार राप्रपा नेपाल झापाका उपाध्यक्ष कल्याण खड्काको नेतृत्वमा राहत वितरण गरिएको हो । ७१६ थान कपडा, ९० केजी चामल, १ बोरा भुजा, १० केजी आलु, ५ लिटर खानेतेल र ४ प्याकेट भुजिया वितरण गरिएको खड्काले जानकारी दिए । खड्काको नेतृत्वमा कमल खरेल, जिल्ला सदस्य देवी दङ्गाल, कृष्ण सुब्बा, क्षेत्र नम्बर १ का अध्यक्ष रमेश दाहाल, भद्रपुर अध्यक्ष बाबुराम पराजुली लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । पृथ्वीनगरका स्थानीयले पनि राहत सङ्कलन गरिरहेका छन । रोटरी भद्रपुरले पनि राहत वितरण गरिरहेको…

Read More

बिर्तामोड ।  राष्ट्रिय मानवअधिकार आयोगका पूर्वाञ्चल निर्देशक कोषराज न्यौपानेलाई सम्मान र अभिनन्दनसहित विदाई गरिएको छ । झापाका मानवअधिकारवादी संघसंस्थाले मङ्गलबार आयोजना गरेको कार्यक्रममा न्यौपानेले आफू झापाली भएकाले विदाई भन्दापनि सम्मान मात्रै भनिदिन आग्रह गरे । पूर्वमा ६ वर्ष बस्दा सबैभन्दा धेरै सहयोग र सद्भाव झापाबाट पाएको न्यौपानेले स्मरण गरे । ०६७ फागुनमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलको जिम्मेवारी सम्हाल्न आएका उनी काठमाडौँ सरुवा भएका हुन् । मानवअधिकार सञ्जाल झापा, मानवअधिकार प्रतिष्ठान, आइडीएफ नेपाल, बालिका तथा किशोरी सञ्जाल, साना हातहरु नेपाललगायत आधादर्जन अधिकारवादी संघसंस्थाले न्यौपानेको विदाई गरेका हुन् । कार्यक्रममा अधिकारकर्मी लालराज सुवेदी, विष्णु खरेल, रुपक खनाल, सूर्यप्रसाद उप्रेतीलगायतले बोलेका थिए ।…

Read More