काठमाडौं, साउन १३ – नेपाल टेलिकमको १ सय रुपैयाँ दरका ३५० वटा रिचार्जकार्ड चोरी भएको छ । ढुवानीका क्रममा सय रुपैयाँका १११५०८०३७२११७६०१ देखि १११५०८०३७२११७९५० नम्बरसम्मका कार्ड चोरी भएकाले यी कार्ड खरिदबिक्रि नगर्न नेपाल टेलिकमले अनुरोध गरेको छ ।
टेलिकमले बिहीबार सार्वजनिक सूचना निकालेर यी कार्ड खरिदबिक्रि नगर्न आग्रह गरेको हो । टेलिकमले यस्ता कार्ड बजारमा भेटिए वा कुनै जानकारी पाए नजिकैको टेलिकमको कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।
Facebook Comments Box