झापा – तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवा बजार नजिकै बिहीबार दिउँसो बस दुर्घटना हुँदा पूर्वअर्थराज्यमन्त्री हरिराज खेवा लिम्बू सहित सात जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।
हाल सम्म पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको मात्र सनाखत भएको छ । अरुको परिचय खुल्न सकेको छैन ।
संखुवासभाको मुढेशनिश्चरेबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस दिउँसो साढे १२ बजे दुर्घटना हुँदा ३ जना पुरुष, २ जना महिला र एक जना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी जवान डिकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु भएका लिम्बु २०६४ सालको संविधानसभाको निर्वाचनमा धनकुटा २ बाट निर्वाचित भइ बाबुराम भट्टराई सरकारमा राज्यमन्त्री भएका थिए । .jpg)
Facebook Comments Box