बिर्तामोड । आसन्न नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनका लागि प्रदेश नम्बर १ बाट सन्तोष उप्रेतीले केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गरेका छन् ।
बुधबार झापाको बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै उनले उम्मेद्वारी घोषणा गरेका हुन् । नेविसंघको महाधिवेशन आगामी साउन २३, २४, र २५ गते काठमाडौँमा हुँदैछ । उप्रेती नेविसंघ झापाका सचिव हुन् । २०५६ सालबाट महेन्द्ररत्न उच्च माविबाट सदस्यता लिएका उनले सङ्गठनप्रति गरेको त्याग र निष्ठाका आधारमा जित्ने दावी गरेका छन् ।
चुनावमा ६१ जनाले झापाबाट मतदान गर्नेछन् । विद्यार्थीमाझ लोकप्रियता कमाएका उप्रेतीलाई साझा उम्मेद्वारको रुपमा लाने तयारी भइरहेको जनाइएको छ । लामो समयदेखि स्थगित हुँदै आएको नेविसंघको महाधिवेशनबाट आफू निर्वाचित भए या नभएपनि विद्यार्थीको हकहितमा लडिरहने उनको भनाई छ ।
Facebook Comments Box