विर्तामोड । जापनिज टेक्नोलोजीको ट्युबुलर प्लेट भएको डेल्टा इ-रिक्साको ब्याट्री अब झापाको बिर्तामोडमा पाइने भएको छ । बिहिबार एक कार्यक्रमका बीच मेची अञ्चलका लागि आधिकारीक बिक्रेता उर्जा कन्सर्न प्रालीले उक्त ब्याट्रीको साेरुमकाे उद्घाटन गरेको हो । डेल्टा उत्पादक कम्पनी बंगलादेशका प्रतिनिधि महोमद जाकिर हुसेनले रिबन काटेर साेरुमको उद्घाटन गरेका थिए ।
बंगलादेशको डेल्टा कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता त्रिथुङ्गा ट्रेडिङ् कन्सर्नले विर्तामोडमा पनि उक्त ब्याट्री ल्याएको हो । झापाको विर्तामोडमा उर्जा कन्सर्न प्रालीले विर्तामोड बसपार्कमा रहेको साेरुमबाट डेल्टाका ई-रिक्सा ब्याट्री तथा इनभर्टर ब्याट्री बिक्री वितरण गर्ने भएको हो ।
डेल्टा उत्पादक कम्पनी बंगलादेशका प्रतिनिधि महोमद जाकिर हुसेनले उक्त ब्याट्रि एकपटक चार्ज गर्दा १२० किलोमिटर कम्तिमा कुद्ने बताएका छन् । डेल्टाको इ-रिक्सा ब्याट्री बंगलादेशमा १८ महिना सम्म टिकेको भन्दै नेपालमा पनि उतिकै लामो समय सम्म टिक्नेमा आँफुहरु विश्वस्त रहेको उनले बताए । ६ बर्ष अघि इरिक्सा प्रयाेगकर्ता लाई नै लक्षित गर्दै निर्माण गरिएको उक्त ब्याट्री नेपालमा भने केहि महिना अघिबाट मात्र बिक्रि सुरु गरिएको हो ।
ई-रिक्साकै लागि भनेर बनाइएको उक्त ब्याट्री झापामा अन्त नपाउने भएकाले पनि उपभोकतालाई सहज हुने उर्जा कन्सर्न प्रालीका केबल राम राईले बताए ।
त्रिथुङ्गा ट्रेडिङ् कन्सर्नका डिल्लीराम सुवेदीले ब्याट्रीका बारेमा जानकारी गराएका थिए । डेल्टा उत्पादक कम्पनी बंगलादेशका प्रतिनिधि महोमद जाकेर हुसेनको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा उर्जा कन्सर्न प्रालीका खगेन्द्र प्रसाद राई , त्रिथुङ्गा ट्रेडिङ् कन्सर्नका सितसराज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमकाे संचालन केबल राम राईले गरेका थिए ।
साेरुमकाे उद्घाटन पछि पचास बढिकाे संख्यामा रहेका सिटी सफारीमा डेल्टा ब्याट्रीकाे प्रचारका लागि र्याली समेत गरिएकाे थियाे ।