झापा- झापा बिर्तामोडको भद्रपुर रोडमा रहेको तेजस्वी कम्प्युटरले जापानीज ब्रान्ड पानासोनिकका होम अप्लायन्सको ‘शप इन शप’ (एसआइएस) सेवा सञ्चालनमा ल्याएको छ।
झापाको बिर्तामोडमा २०७३ साल मङ्सिर २६ गतेबाट सञ्चालनमा ल्याइएको तेजस्वी कम्प्युटर सपोर्टले बिहीबारबाट जापानीज कम्पनी पानासोनिक ब्रान्डका वासिङ मेसिन, रेफ्रिजरेटर, टेलिभिजन सेटलगायत घरायसी सामान पाइने शप इन शप सेवा सञ्चालन गरेको हो।

एसआइएस अर्थात तेजस्वी कम्प्युटर सपोर्ट सञ्चालन रहेका स्थानमा रहेका कोठा वा भागमा पानासोनिक कम्पनीका सामाग्रीहरू प्रदर्शन र बिक्री वितरण गर्न राखिएका छन्।
सोही शप इन शपको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले गरिन्। उद्घाटन गर्दै उनले व्यवसायीहरूको प्रगतिमा आफूलाई खुशी लाग्ने बताइन्।
यो वर्ष नेपालका दुईवटा सहरमा मात्र पानासोनिक कम्पनीले यस्तो सेवा विस्तार गरेकोमा झापाको बिर्तामोडमा सञ्चालनमा रहेको यस तेजस्वी कम्प्युटर सपोर्टले पूर्वको लागि यो अवसर पाउनु यहाँका बासिन्दा एवं उपभोक्ताहरुका लागि खुसीको विषय भएको तेजस्वी कम्प्युटर सपोर्टका सञ्चालक कृष्ण घिमिरेले जानकारी दिए।

२०७३ साल असोज १ गतेबाट त्रिवेणी व्यापार कम्पनी प्राइभेट लिमिटेड अन्तर्गत पानासोनिक कम्पनीको आधिकारिक विक्रेताका बनेर यसका उत्पादनहरूमध्ये घरेलु उपकरणहरू विक्री वितरण गर्दै आएको तेजस्वी कम्प्युटर सपोर्टको व्यवसायिक योजना एवं जनसम्पर्कका कारण एसआइएस सञ्चालन गर्ने थप अवसर दिएकोमा त्रिवेणी व्यापार कम्पनी प्राइभेट लिमिटेडका जेनरल म्यानेजर निरजकुमार ठाकुर, नेशनल सेल्स म्यानेजर रुपेशराम त्रिपाठी, एरिया इन्चार्ज शिव श्रेष्ठसहित सिङ्गो कम्पनी परिवारप्रति घिमिरेले आभार प्रकट गरेका छन्।
