पृथ्वीनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित बनेका झापा पृथ्वीनगरका बासिन्दालाई राप्रपा नेपालले राहत सामाग्री वितरण गरेको छ ।
बुधबार राप्रपा नेपाल झापाका उपाध्यक्ष कल्याण खड्काको नेतृत्वमा राहत वितरण गरिएको हो । ७१६ थान कपडा, ९० केजी चामल, १ बोरा भुजा, १० केजी आलु, ५ लिटर खानेतेल र ४ प्याकेट भुजिया वितरण गरिएको खड्काले जानकारी दिए ।
खड्काको नेतृत्वमा कमल खरेल, जिल्ला सदस्य देवी दङ्गाल, कृष्ण सुब्बा, क्षेत्र नम्बर १ का अध्यक्ष रमेश दाहाल, भद्रपुर अध्यक्ष बाबुराम पराजुली लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । पृथ्वीनगरका स्थानीयले पनि राहत सङ्कलन गरिरहेका छन । रोटरी भद्रपुरले पनि राहत वितरण गरिरहेको छ । पाठामारी क्षेत्रमा बुधबार काङ्ग्रेस जिल्ला कार्यसमितिले चाउचाउ, बिस्कुट र भुजिया वितरण गरेको छ । अाजकाे प्रतिदिन दैनिकमा खबर छ ।
Facebook Comments Box