Author: admin
इलाम । आत्महत्यालाई निरुत्साहित गर्ने उद्देश्यका साथ इलामको भानुपथ–२ बाट एफएम चियाबारीको परीक्षण प्रशारण सुरु गरिएको छ । चियाबारी मिडिया प्रा. लि.द्वारा सञ्चालनमा ल्याएको चियाबारी एफएम ८८.२ मेगाहर्जले वैशाख १७ गतेबाट परीक्षण प्रशारण सुरु गरेको थियो । स्टेशन म्यानेजर धर्म गौतमका अनुसार रेडियोले अबको केही साता भित्रमै नियमित प्रशारण गर्दैछ । एफएममा इलामका निर्माण व्यवसायी डम्बर खड्काको लगानी रहेको छ ।
मिजोरम। एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ । कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् । त्यस्तै ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य छन् । भारतको मिजोरमस्थित बख्तवाङ्गमा बसोबास गर्दै आएको यो परिवार एउटै घरमा एउटै भान्छा प्रयोग गर्दै आएको छ । सय कोठा भएको चार तले घर यो परिवारले…
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल छोटो रहेको बताउदै नौ महिनामा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । आफ्नै निवास लाजिम्पाटमा ‘प्रेस सेण्टर नेपाल’को टोलीसँगको भेटमा प्रधामनन्त्री प्रचण्डले समय निकै कम भएकोले दिन रात नभनि काम गर्ने बताएका हुन् । ‘समय निकै कम छ, दीन र घण्टा गनेर मैले काम गर्नुपर्नेछ’, उनले भने, ‘महिनामा केहि उदाहरणीय काम गरेर देखाउँछु ।’ प्रधानमन्त्री प्रचण्डले विगतका गल्तीबाट पाठ सिकेर काम गर्नुपर्ने बताएका थिए । उनले राहत र पुर्नस्थापनाको कामलाई प्राथमिकता दिने बताए । माओवादी निटक पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको टोली नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन लाजिम्पाट पुगेका थिए…
भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनालाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गर्दै बाढीका कारण झापामा भएका क्षती न्यूनिकरणका प्रयासको समीक्षा पनि गरियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले झापामा बाढीले १७ गाविस र छ नगरपालिका गरी एक हजार ४५६ घरपरिवारलाई प्रभावित बनाएको जसमा ३१ घरपरिवार पूर्णरुपमा विस्थापित भएको जानकारी दिनुभयो । उहाँले बाढीपीडितलाई २५७ थान कम्बल, ५११ थान त्रिपाल, चामल नौ…
सुरुङ्गा (झापा) / कनकाई माईमा आज एक व्यक्ति मृत फेला परेका छन् । शिवसताक्षी नगरपालिका–३ टोपलाल बस्ती नजिकै मङ्गोलियन समुदायको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पानीमा तैरिरहेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ । शव आज नै मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ । मकालु एयरको जहाज हुम्लामा फाेर्स ल्यान्डिङ गरिएकाे छ । हुम्लाको सिमीकोटबाट नेपालगन्ज आउँदै गरेको मकालु एयरको जहाज फाेर्स ल्याण्डिङ गर्नुपरेको हो । ४ बजेर २ मिनेटमा हुम्लाको खार्पुनाथमा फाेर्स ल्यान्डिङ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी डा. कृष्णराज घिमिरेले जानकारी दिए । ‘मकालु एयरको जहाज सामान्य दुर्घटनामा परेको हो, तर मानवीय क्षति भएको छैन,’ घिमिरले भने । प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा हुम्लाका डीएसपी तिलोक चन्द लगायतको टोली अहिले घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । उक्त जहाजमा दुई जना चालक दलका सदस्य मात्र रहेको बताइएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले उपप्रधानमन्त्रीको सपथ लिएका छन् । यस्तै नियुक्त मन्त्रीहरु रमेश लेखक,दलजीत श्रीपाली र गौरीशंकर चौधरीले पनि मन्त्रीपदको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले महरा र निधीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए । साथै बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए ।
काठमाण्डौ । हुम्लाको सिमिकोटबाट नेपालगञ्जतर्फ उडेको मकालु एयरको विमान दुर्घटनामा परेको छ । उक्त विमान कर्णाली नदीमा खसेको आशंका छ । विमानमा कति मानिस थिए भन्न थाह हुन सकेको छैन । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको छ ।
काठमाण्डौ । राष्ट्रपति कार्यालय शित्तल निवासमा भएको बिशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निबासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ खुवाएकी हुन् । निर्वाचित प्रधानमन्त्री प्रचण्डले ईश्वरको नामको सट्टामा देश र जनताका नाममा सपथ ग्रहण गरे । सुट कोटमा गएका प्रचण्डले टाई भने लगाएका थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरुमा सत्तासाझेदार कांग्रेसबाट विमलेन्द्र निधीको नेतृत्वमा रमेश लेखक मन्त्रीको सपथ खाउनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सरकारमा कृष्णबहादुर महरा, दलजित वि.के श्रीपाली र गौरीशंकर चौधरीले मन्त्री पदमा सपथ खाएका छन् । माओवादीको तर्फबाट महरालाई अर्थ मन्त्रालय, श्रीपालीलाई युवा तथा खेलकुद…
पर्वत । जिल्लास्थित क्रसर व्यवसायी र नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारहरुले पवित्र कालीगण्डकी नदीबाट कानून विपरित नदीजन्य पदार्थ उत्खन्नन् कार्य नरोकेपछि धार्मिक महत्व बोकेको कालीगण्डकी नदीको अस्तित्व थप संकटमा परेको छ । कानून विपरित नदीजन्य पदार्थ उत्खनन् गर्नेहरु राजनीतिक आड र पैसाका भरमा सक्रिय बन्न थालेपछि पवित्र कालीगण्डकी नदीको संरक्षणमा निरन्तर जुट्दै आएको पर्वत प्रहरी त्यस हर्कतलाई रोक्न थप सशक्त बनेको हो । प्रहरीले गत चैत्र २८ गते मध्यरातमा नदीको बीच वहाबमा स्काभेटर लगाएर नदीजन्य पदार्थ उत्खन्न् गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरी एक्साभेटर र ट्रिपरलाई समेत नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । दर्जनौं पटक नदीमाथिको दोहनलाई निस्तेज पार्दै आएको पर्वत प्रहरीले…