काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले उपप्रधानमन्त्रीको सपथ लिएका छन् ।

यस्तै नियुक्त मन्त्रीहरु रमेश लेखक,दलजीत श्रीपाली र गौरीशंकर चौधरीले पनि मन्त्रीपदको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले महरा र निधीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए । साथै बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए ।
Facebook Comments Box