सुरुङ्गा (झापा) / कनकाई माईमा आज एक व्यक्ति मृत फेला परेका छन् । शिवसताक्षी नगरपालिका–३ टोपलाल बस्ती नजिकै मङ्गोलियन समुदायको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शव पानीमा तैरिरहेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ । शव आज नै मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box