काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल छोटो रहेको बताउदै नौ महिनामा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।

आफ्नै निवास लाजिम्पाटमा ‘प्रेस सेण्टर नेपाल’को टोलीसँगको भेटमा प्रधामनन्त्री प्रचण्डले समय निकै कम भएकोले दिन रात नभनि काम गर्ने बताएका हुन् । ‘समय निकै कम छ, दीन र घण्टा गनेर मैले काम गर्नुपर्नेछ’, उनले भने, ‘महिनामा केहि उदाहरणीय काम गरेर देखाउँछु ।’
प्रधानमन्त्री प्रचण्डले विगतका गल्तीबाट पाठ सिकेर काम गर्नुपर्ने बताएका थिए । उनले राहत र पुर्नस्थापनाको कामलाई प्राथमिकता दिने बताए । माओवादी निटक पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको टोली नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन लाजिम्पाट पुगेका थिए ।
Facebook Comments Box