इलाम । आत्महत्यालाई निरुत्साहित गर्ने उद्देश्यका साथ इलामको भानुपथ–२ बाट एफएम चियाबारीको परीक्षण प्रशारण सुरु गरिएको छ । चियाबारी मिडिया प्रा. लि.द्वारा सञ्चालनमा ल्याएको चियाबारी एफएम ८८.२ मेगाहर्जले वैशाख १७ गतेबाट परीक्षण प्रशारण सुरु गरेको थियो ।
स्टेशन म्यानेजर धर्म गौतमका अनुसार रेडियोले अबको केही साता भित्रमै नियमित प्रशारण गर्दैछ । एफएममा इलामका निर्माण व्यवसायी डम्बर खड्काको लगानी रहेको छ ।
Facebook Comments Box