काठमाण्डौ । मकालु एयरको जहाज हुम्लामा फाेर्स ल्यान्डिङ गरिएकाे छ ।
हुम्लाको सिमीकोटबाट नेपालगन्ज आउँदै गरेको मकालु एयरको जहाज फाेर्स ल्याण्डिङ गर्नुपरेको हो ।
४ बजेर २ मिनेटमा हुम्लाको खार्पुनाथमा फाेर्स ल्यान्डिङ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी डा. कृष्णराज घिमिरेले जानकारी दिए ।
‘मकालु एयरको जहाज सामान्य दुर्घटनामा परेको हो, तर मानवीय क्षति भएको छैन,’ घिमिरले भने ।
प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा हुम्लाका डीएसपी तिलोक चन्द लगायतको टोली अहिले घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । उक्त जहाजमा दुई जना चालक दलका सदस्य मात्र रहेको बताइएको छ ।
Facebook Comments Box