Author: admin
बिर्तामोड । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समितिको आयोजनामा २२औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी दिवसको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आदिवासी जनजातिको परिभाषा, आदिवासी दिवसको महत्व र आदिवासीको अन्तराष्ट्रिय अधिकारहरु, नेपालको संविधानमा आदिवासीको अधिकार र आदिवासी जनजातिका असन्तुष्टिका विषयहरु, समानुपातिक र समावेशी सिद्धान्तलगायतका विषयमा सहभागीबाट राखिएको जिज्ञासालाई लाहुर्निप क्षेत्रीय संयोजक तथा अधिवत्ता मकवान सुब्बाले सहजीकरण गरेका थिए । विद्यार्थी महासंघ झापाका अध्यक्ष हैकम घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर लिम्बुले गरका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष इनु मुखियाले गरेका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका सह–सचिव विरेन मेचेको…
काठमाडौं– नेविसंघको महाधिवेशनस्थल भृकुटीमण्डपमा झडप भएको छ । विभिन्न जिल्ला र क्याम्पसहरुमा रहेको प्रतिनिधि विवादका कारण हिजो हुनुपर्ने महाधिवेशनको बन्द सत्र दुई बजेदेखि हुने भनिएको थियो । तर बन्द सत्र अझै सुरु हुन सकेको छैन । विधिसम्मत ढंगबाट प्रतिनिधि विवाद टुंग्याएर मात्रै बन्द सत्र सुरु गर्नु पर्ने भन्दै नारावाजी गर्दै महाधिवेशनस्थलमा पुगेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । महाधिवेशनस्थलमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले लाठी प्रहार गरेर धपाएको थियो । त्यसक्रममा केहिबेर ढुंगा हानाहानसमेत भएको छ ।
विर्तामोड । झापा बिर्तामोडकी कबिता शिवाकोटीले हिन्दु नारीहरुकाे महान पर्व तीजलाई लक्षित गर्दै ‘पतिदेव’ एल्बम बजारमा ल्याएकी छिन् । तीज लागेको छ है बोलको गीत उनले युट्यब मार्फत सार्वजनिक गरेकी छिन् । कबितालाई मेलिना राईले स्वरमा साथ दिएकी छिन् । कबिता झापाका म्यानपावर ब्यवसायी भूपाल शिवाकोटीकी श्रीमती हुन् । भूपाल लामो समयदेखि बिर्तामोडमा रहेर बैदेशिक रोजगार ब्यवसायमा सक्रिय छन् । भाइस् क्रिएसनको प्रस्तुती रहेको सो एल्बमलाई शंकर बिसीले निर्देशन गरेका छन् । राजेश घिमिरेले छायाङ्कन गरेको एल्बममा नबिन घर्तिमगरले सम्पादन गरेका छन् । तीजको अवसर पारेर सार्वजनिक गरिएको सो गीतमा कबिता शिवाकोटी, रिस्ता बस्नेत, भूपाल शिवाकोटी, शंकर बिसी लगायतले अभिनय…
विर्तामाेड । अनारमनी र चारपानेका पूर्व जनप्रतिनिधि तथा बिर्तामोडका राजनीतिक दलका प्रमुखहरुले बिर्तामोड नगरपालिकालाई अब उपमहानगरपालिका बनाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यक पूर्वाधार पूरा गरी बिर्तामोडलाई उपमहानगरपालिका बनाएर विकासको गतिमा तीब्र रुपले अगाडि बढाउनुपर्ने सुझाव समेत दिएका छन् । संवाद समूहको सचिवालय झापाले बिर्तामोडमा मंगलवार गरेको स्थानीय तहको पुनर्संरचना सम्बन्धी छलफलमा पूर्व जनप्रतिनिधि एवम् राजनीतिक दलका नगर स्तरीय नेताहरुले बिर्तामोडलाई उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिएका हुन् । छलफलमा सहभागी पूर्व जनप्रतिनिधि तथा दलका नेताहरुले तीन बुँदे साझा धारणा तय गरेका छन् । बिर्तामोड क्षेत्रको आर्थिक, भौगोलिक, सामाजिक, विविधतालाई दृष्टिगत गरी समृद्धिका लागि नगरपालिकालाई उपमहानगरपालिका बनाउने विषयमा आवश्यक अध्ययन गरी प्रस्ताव…
काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाको लाचारीका कारण पार्टी एकता अवरुद्ध भएको बताएका छन् । पार्टी एकीकरण भाँडिएको विषयमा भएको पत्रकार सम्मेलनमा थापाले राणाको लाचारी, व्यक्तिगत स्वार्थ तथा अदृश्य शक्तिको चलखेलका कारण पार्टी एकीकरण अवरुद्ध भएको बताएका हुुन् । एकताका लागि छलफल अन्तिम चरणमा पुगेको तथा घोषणा हुने बेला एक पक्षीय ढंगले राणा यसको विपक्षमा उभिएको उहाँले आरोप लगाए । राणाले राजनीतिको सामान्य चरित्र पनि नदेखाएको आरोप लगाउँदै राप्रपाभित्र एकताको पक्षमा रहेका अधिकांशलाई यसले निराश बनाएको उनको भनाई थियो ।
झापा । सौजन शिवाकोटी अहिले ९ वर्षका भए । कक्षा ३ मा पढ्छन् । कनकाई–३, सुरुङ्गामा रहेको प्यारागन एकेडेमीका मेधावी छात्र हुन् उनी । पढाइमा मात्र होइन, सानै कलिलै उमेरमा पनि उनी ठूला गायकहरुले झैँ परिपक्व भाकामा गीत गाउँछन् । उनको प्रतिभा गीत संगीतमा मात्र सीमित छैन, उनी खेलकूदमा पनि उत्तीकै अब्बल छन् । टेलबटेनिस र फुटबल खेल्न उनी रुचाउँछन् । पछिल्लो समय उनले मर्ने ‘कसैलाई रहर हुँदैन…’ भन्ने प्रेम परियारको गीत गाए । उनको स्वर सुनेर शिक्षकहरु आश्यर्च भए । र, आफ्नो विद्यालयमा रहेका यी प्रतिभालाई बाहिर निकाल्ने योजना बनाए । सौजनका कम्प्यूटर शिक्षक अर्जुन उप्रेतीले उनलाई बाहिर निकाल्न…
काठमाडौं । सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा पठाउने पाँच मन्त्रीको टुंगो लगाएको छ । माओवादीको भागमा परेका आठ मन्त्रालयमध्ये बाँकी पाँच जनाको नाममा मोटामोटी सहमति भएको माओवादी उच्च स्रोतको दाबी छ । अर्थमन्त्रालयमा दाबी गरेका जनार्दन शर्मा प्रभाकरलाई ऊर्जा, परराष्ट्र मन्त्रालयको दाबी गरेका राम कार्कीलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पठाउने सहमति भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हितराज पाण्डे तथा यसअघि पनि कानुनमन्त्री बनेका प्रभु साहलाई कानुन मन्त्रालयमै ल्याउने सहमति भएको छ । नारायणकाजी श्रेष्ठ समूहका डीआर पौडेललाई शिक्षा मन्त्री बनाइने भएको छ । अर्को मन्त्रालय पाएमा महिलाको…
काठमाण्डौं । हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको तेस्रो चलचित्रि ‘छक्का पञ्जा’को ट्रेलर मंगलवार सार्वजनिक गरिएको छ । राजधानीको कुमारी हलमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको कलाकार दीपकराज गिरीले बताए । सार्वजनिक कार्यक्रममा चलचित्रका सबै कलाकार साथै नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा नेपाली चलचित्रमा योगदान दिएका निर्देशकहरू दिनेश डिसी र कुशल घिमिरेलाई सम्मान पनि गरिएको थियो । चलचित्र क्षेत्रमा उनीहरुकाे योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको कलाकार गिरीले बताए । हाँस्यप्रधान चलचित्र ‘छक्का पञ्जा’ आउँदो भदौ २४ गतेको दिन नेपालभरि प्रदर्शनीमा आउँदैछ । चलचित्रमा दीपक, नायिका प्रियंका कार्की, केदार घिमिरे…
काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे दुई सय कार्यरत छन्। विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरूको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ। कर्मचारी र खर्चको अनुपातमा त्रिवि क्षेत्र जति व्यवस्थित र सफा हुनुपर्ने हो, त्यो भने छैन। यही गैरजिम्मेवारीकै कारण मुलुककै जेठो विश्वविद्यालय परिसर छाडा पशुको चरनस्थलमा परिणत हुँदै छ। भुस्याहा कुकुरको बिगबिगी उत्तिकै छ। विश्वविद्यालय कर्मचारी महाशाखाका उपप्रशासक विष्णु अर्यालका अनुसार प्रिन्सिपल कार्यालयमा मात्र बगैंचे, चौकीदार र कुचीकार गरी ३९ कार्यालय सहयोगी छन्। कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्नुका साथै सम्बन्धित निकायले पनि यसतर्फ चासो नदिँदा…
विर्तामोड । झापाको विर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत तीन दर्जन भन्दा बढी स्टाफ नर्सका विद्यार्थीलाई फुड पोइजनिङ भएको छ । उनीहरुको विर्तामोडको विर्ता सिटी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । मंगलबार बिहान करीब ३ बजेदेखि उनीहरुलाई बान्ता हुने र झाडा पखाला लागेपछि अस्पतालमा भर्ना गरिएको इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीले जानकारी दिए । शिवाकोटीका अनुसार ५/६ जना विद्यार्थी रातिदेखि नै विरामी परेका थिए । उनले भने, ‘बेलुका सँधै झैं राम्रै खाना खुवाएको थियो ।’ उपचारमा संलग्न चिकित्सक डा. सुदीप भट्टराईले बासी खानाको कारण उनीहरुमा फुड पोजनिङ भएको हुनसक्ने बताए । अस्पताल भर्ना भएकाहरु स्टाफ नर्सका प्रथम, दोस्रो र…