झापा । सौजन शिवाकोटी अहिले ९ वर्षका भए । कक्षा ३ मा पढ्छन् । कनकाई–३, सुरुङ्गामा रहेको प्यारागन एकेडेमीका मेधावी छात्र हुन् उनी ।
पढाइमा मात्र होइन, सानै कलिलै उमेरमा पनि उनी ठूला गायकहरुले झैँ परिपक्व भाकामा गीत गाउँछन् । उनको प्रतिभा गीत संगीतमा मात्र सीमित छैन, उनी खेलकूदमा पनि उत्तीकै अब्बल छन् ।
टेलबटेनिस र फुटबल खेल्न उनी रुचाउँछन् । पछिल्लो समय उनले मर्ने ‘कसैलाई रहर हुँदैन…’ भन्ने प्रेम परियारको गीत गाए । उनको स्वर सुनेर शिक्षकहरु आश्यर्च भए । र, आफ्नो विद्यालयमा रहेका यी प्रतिभालाई बाहिर निकाल्ने योजना बनाए ।
सौजनका कम्प्यूटर शिक्षक अर्जुन उप्रेतीले उनलाई बाहिर निकाल्न अझ बढी सहयोग गरे । विवेचनालाई समेत उनैले सौजनको बारेमा जानकारी दिए । र, हामी विद्यालयमा पुगेर सौजनको प्रतिभाको बारेमा बुझ्यौं । विद्यालय, अभिभावक, शिक्षक लगायतको सहयोगमा उनको कभर भिडियो अहिले निकालिएको छ । भिडियो यूट्यूबमा एमटिभी नेपाल नामक च्यानलबाट हालिएको छ ।
अहिलेसम्म २ हजार ३ सय ८८ जनाले सौजनको यो भिडियो हेरिसकेका छन् । भिडियोमा उनीसहित कक्षा ३ कै सन्ध्या खतिवडा लगायत अन्य विद्यार्थीहरु शशक्त अभिनय देख्न सकिन्छ ।
सौजनको प्रतिभालाई हेरेर उनलाई विद्यालयको बाल गीत गाउन दिन योजना तयार गरिएको विद्यालयका इञ्चार्ज गुरु पौडेल बताउँछन् ।
उनीले सौजन विद्यालयकै गहना भएको बताए । प्रत्येक हप्ताको विहीबार विद्यालयमा संगीतको कक्षा सञ्चालन गरिन्छ । तर, सौजनलाई भने शनिबार छुट्टै कक्षाको विद्यालयले व्यवस्था गरिदिएको छ ।
भिडियाे :