काठमाण्डौं । हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको तेस्रो चलचित्रि ‘छक्का पञ्जा’को ट्रेलर मंगलवार सार्वजनिक गरिएको छ ।
राजधानीको कुमारी हलमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको कलाकार दीपकराज गिरीले बताए । सार्वजनिक कार्यक्रममा चलचित्रका सबै कलाकार साथै नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा नेपाली चलचित्रमा योगदान दिएका निर्देशकहरू दिनेश डिसी र कुशल घिमिरेलाई सम्मान पनि गरिएको थियो । चलचित्र क्षेत्रमा उनीहरुकाे योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको कलाकार गिरीले बताए ।
हाँस्यप्रधान चलचित्र ‘छक्का पञ्जा’ आउँदो भदौ २४ गतेको दिन नेपालभरि प्रदर्शनीमा आउँदैछ ।
चलचित्रमा दीपक, नायिका प्रियंका कार्की, केदार घिमिरे (माग्ने बुढा), शिवहरि पौडेल, बुद्धि तामाङ (हैट) लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र छक्का पञ्जा काे ‘देख न चम्पा सुन न चम्पा’ र ‘पूर्व पश्चिम रेल’ जस्ता लोकगीतहरू चर्चित भइसकेका छन् ।
रु ९० लाख लगानी गरेर निर्माण गरिएको चलचित्र ‘छक्का पञ्जा’ पूर्ण रुपमा हाँस्य भएपनि समाजमा रहेको विकृतिविरुद्ध सन्देश पनि दिइएको बताइएको छ ।
भिडियाे :