काठमाडौं– नेविसंघको महाधिवेशनस्थल भृकुटीमण्डपमा झडप भएको छ । विभिन्न जिल्ला र क्याम्पसहरुमा रहेको प्रतिनिधि विवादका कारण हिजो हुनुपर्ने महाधिवेशनको बन्द सत्र दुई बजेदेखि हुने भनिएको थियो । तर बन्द सत्र अझै सुरु हुन सकेको छैन ।
विधिसम्मत ढंगबाट प्रतिनिधि विवाद टुंग्याएर मात्रै बन्द सत्र सुरु गर्नु पर्ने भन्दै नारावाजी गर्दै महाधिवेशनस्थलमा पुगेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । महाधिवेशनस्थलमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले लाठी प्रहार गरेर धपाएको थियो । त्यसक्रममा केहिबेर ढुंगा हानाहानसमेत भएको छ ।
Facebook Comments Box