विर्तामोड । झापा बिर्तामोडकी कबिता शिवाकोटीले हिन्दु नारीहरुकाे महान पर्व तीजलाई लक्षित गर्दै ‘पतिदेव’ एल्बम बजारमा ल्याएकी छिन् ।
तीज लागेको छ है बोलको गीत उनले युट्यब मार्फत सार्वजनिक गरेकी छिन् । कबितालाई मेलिना राईले स्वरमा साथ दिएकी छिन् ।
कबिता झापाका म्यानपावर ब्यवसायी भूपाल शिवाकोटीकी श्रीमती हुन् । भूपाल लामो समयदेखि बिर्तामोडमा रहेर बैदेशिक रोजगार ब्यवसायमा सक्रिय छन् ।
भाइस् क्रिएसनको प्रस्तुती रहेको सो एल्बमलाई शंकर बिसीले निर्देशन गरेका छन् । राजेश घिमिरेले छायाङ्कन गरेको एल्बममा नबिन घर्तिमगरले सम्पादन गरेका छन् ।
तीजको अवसर पारेर सार्वजनिक गरिएको सो गीतमा कबिता शिवाकोटी, रिस्ता बस्नेत, भूपाल शिवाकोटी, शंकर बिसी लगायतले अभिनय गरेका छन् ।
भिडियाे :
https://youtu.be/TS2Ef6xnotM
Facebook Comments Box