Author: admin

काठमाण्डाै‍ं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा शुक्रवार दिल्लीमा संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई सहुलियतपूर्ण ऋण दिने बताए । सो सम्झौताका बारेमा दुई देशका प्रतिनीधिबीच शुक्रवार नै हस्ताक्षर समेत सम्पन्न भएको छ । सम्झौतामा भूकम्पपछिको पूनर्निर्माणका लागि भारतले नेपाललाई ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने विषय उल्लेख छ । त्यसका साथै अन्य दुई सम्झौता समेत गरिएको छ जसमा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिस लगायतका विषय छन् ।

Read More

काठमाण्डाैं ।  मोदीले नेपाल र भारतबीच सम्बन्धको इतिहासमा आजको दिन ऐतिहासिक दिन भएको बताए। आजको दिन नेपाल (भारत सम्बन्धका लागिस ऐतिहासिक भएको बताए। उनले भने,‘ हामीले खुला सीमा, नदी, जनताको आपसी सम्बन्ध र सरकारको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। हम्रो मित्रता समयले परीक्षण गरेको र विशिष्ट खालको छ। शान्ति, स्थीरता र आर्थिक समृद्धि नेपालमा हाम्रो चाहाना हो।’ नेपालको लोकतान्त्रिकरण र शान्तिमा भारतले सधै सहयोग गर्न चाहेको बताउँदै मोदीले आफूहरू नेपालको संविधानमा सबैको चाहना बमोजिम सफल कार्यान्वयन हुने कुरामा विश्वस्त रहेको दाआ गरे। ‘हामीले प्रम प्रचण्डसँग दुई देश बीचका सबै विषयमा व्यापक छलफल गरेका छौ। हामीले १५० मिलीयन लाइन अफ क्रेडिटका लागि…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्रीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा तीन बुँदे सम्झौता भएको छ । भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सम्झौताको पहिलो बुँदामा तराईको सडक सञ्जालको स्तरोन्नतिमा प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलटेन्सी सेवा दिने सम्झौता भएको उल्लेख छ । त्यस्तै दोस्रो बुँदामा भूकम्पपछिको पुर्ननिर्माणमा डलर क्रेडिट लाइन उपलब्ध गराउने र तेस्रो बुँदामा भूकम्प ७५० मिलियन डलरको क्रेडिट लाइन सम्झौता भएको उल्लेख छ ।

Read More

विर्तामाेड । हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखी झापाली चिया किसान धर्नामा बसेका छन् । विर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा उनीहरु ३२ दिनदेखि किसान धर्ना बसेका हुन् । साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीको नेतृत्वमा साना चिया किसान धर्नामा बसेका छन् । झापाका चिया उत्पादक र किसानबीच विगतमा भएका कतिपय सहमति कार्यान्वयन नभएको धर्नाकारीको भनाइ छ । धर्नाको अगुवाइ गरिरहेका अध्यक्ष कार्कीले किसानका जायज मागप्रति बेवास्ता लम्बिए शान्तिपूर्ण आन्दोलनले अर्को स्वरुप लिने चेतावनी दिएका छन् । बोर्डले गत वर्ष हरियो चियापत्तीको मूल्य क्रमशः रु १२.८७, रु ११.६५ र रु १२.४७ निर्धारण गरेको थियो…

Read More

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच वान टु वान अर्थात् एक्लाएक्लै कुराकानि सकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी पुष्पकमल दाहालबिच राष्ट्रपति भवन हैदरवाद हाउसमा झण्डै ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको हो । भेटमा नेपाल भारतको सम्बन्ध, ठूला परियोजना निर्माणलाई गति दिनेबारे छलफल भएको बुझिएको छ । कुटनीतिक वृत्तमा वान टु वान वार्तालाई निकै महत्वका साथ हेरिन्छ । एक्लाएक्लै भेटवार्तापछि दुवै देशका प्रतिनिधिसहित संयुक्त बैठक बसिरहेको छ । संयुक्त बैठकमा दुई देशबिच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने र प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलन गर्ने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । समकक्षी मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहालले भारतीय…

Read More

नयाँ दिल्ली । चार दिने भारतीय भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनले हैदरावाद भवनमा नेपाल तथा भारतका अधिकारीहरू सम्मिलित र मोदीसँग मात्रै (वन टू वन) भेटवार्ता गरेका हुन् । केहीबेरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन समेत गर्दै छन् । प्रधानमन्त्री दाहालले पश्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना, महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना, ढल्केवर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिबृद्धिको विषयमा छलफल गरेका छन । त्यस्तै हेटौँडामा विद्युत सवस्टेशन, गोरखपुर–भैरहवा प्रसारण लाइन, बङ्गलादेशबाट पारवहन सुविधा, विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने, नेपाली कृषिजन्य सामग्रीलाई भारत लैजान सहज बनाउने विषयमा पनि छलफल…

Read More

काठमाडौं । दशरथ रंगशालामा थुप्रिएको फोहोरमैला सफाइ गर्न युवा तथा खेलकुदमन्त्रीले बेल्चा र झाडी लगाएका छन् । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र निकटअखिल (क्रान्तिकारी)ले आज विशेष सरसफाई कार्यक्रम गरेको थियो। उक्त सरसफाइ कार्यक्रममा झाडी लगाउन पुगे युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली । श्रीपाइलीले रंगशालको ट्वाइलेटमा झाडी मात्रै लगाएनन्, झाडी सफा गर्न बेल्चा पनि चलाए । पोष्टवहादुर वोगटीको निधन भएको दोस्रो स्मृति दिवसको सन्दर्भ पारेर क्रान्तिकारीले सरसफाई आयोजना गरेको हो । सरसफाईमा जुटेका युवा विद्यार्थीलाई धन्यवाद दिदैँ खेलकुद मन्त्री श्रीपाइलीले भने–‘अब हामी रङ्गशाला मात्र हैन खेल क्षेत्रका सवै फोहर सफा गर्ने अभियानमा जुट्नेछौं ।’…

Read More

काठमाडौं – चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा शुक्रबार बिहान राष्ट्रपति भवनमा स्वागत अर्पण गरिएको छ । उनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थिति थिए । तस्विर : कृष्णहरि पुष्कर

Read More

नयाँ दिल्ली – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत सरकारले त्यहाँको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेको छ । केहीबेर अघि प्रचण्डलाई औपचारिक स्वागत गरिएको हो । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गर्दै (गार्ड अफ अनर) दिइएको छ । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई स्वागत गरेका थिए । ‘गार्ड अफ अनर’ ग्रहण गरेपछि प्रधानमन्त्री प्रचण्ड राजघाट स्थित महात्मा गान्धीको समाधिस्थलतर्फ जाँदैछन् । राजघाटबाट फर्किए लगत्तै राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच औपचारिक भेटवार्ता हुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधामन्त्री प्रचण्डबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्ड र मोदीको भेटपछि केही सम्झौतामा…

Read More

नयाँ दिल्ली । चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर समकक्षी नरेन्द्र मोदीसँग महत्वपूर्ण भेटवार्ता गर्ने छन् । उनले आज भेटघाट एवम् द्विपक्षीय वार्ता गर्नुका साथै महत्वपूर्ण सम्झौता हुने पनि कार्यक्रम रहेको छ । यहाँस्थित भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार महत्वपूर्ण भेटघाटका क्रममा दुई देश बीचको हितका विषयमा कुराकानी हुनेछ । प्रधानमन्त्रीको कार्यतालिकाअनुसार राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् भने उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्ता लगत्तै…

Read More