नयाँ दिल्ली – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत सरकारले त्यहाँको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेको छ । केहीबेर अघि प्रचण्डलाई औपचारिक स्वागत गरिएको हो । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गर्दै (गार्ड अफ अनर) दिइएको छ ।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई स्वागत गरेका थिए । ‘गार्ड अफ अनर’ ग्रहण गरेपछि प्रधानमन्त्री प्रचण्ड राजघाट स्थित महात्मा गान्धीको समाधिस्थलतर्फ जाँदैछन् ।
राजघाटबाट फर्किए लगत्तै राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच औपचारिक भेटवार्ता हुनेछ ।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधामन्त्री प्रचण्डबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्ड र मोदीको भेटपछि केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
